स्थानिय तहको चुनावमा नेपाली सेना ब्यारेकबाट निस्किने

 

फागुन २६,काठमाडौं- आगामी स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाली सेना पनि परिचालन गरिने भएको छ । तिनै वटा सुरक्षा निकायलार्इ परिचालनमा सेनालाई अन्तिममा तर विषेश फोर्सका रुपमा तैनाथ गरिनेछ । रक्षा मन्त्री बालकृष्ण खाणले नेपाली सेना पनि चुनाव सफल पार्न परिचालित हुने जानकारी दिए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋीष धमलासँग कुराकानी गर्दै मन्त्री खाणले आबह्यक परे देशको शान्ति सुरक्षाका लागि सेना जतिखेर पनि परिचालित हुने बताए । ‘नेपाली सेनापनि नेपाली जनताकै छोराछोरी हुन देशको सुरक्षामा उनीहरुको पनि दायित्व छ ’ मन्त्री खाणल भने, स्थानिय तहमा नेपाली सेना पनि परिचालित हुन । ’

रक्षा मन्त्रालयका अनुसार निर्वाचनको तेस्रो तथा अन्तिम घेराको जिम्मा नेपाली सेनालार्इ दिइने छ । त्यस्तै बीचको घेरा सशस्त्र प्रहरीले समाल्ने छ भने भित्री घेरामा नेपाल प्रहरी परिचालन गरिने छ ।

एकै चरणमा निर्वाचन हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या अपुग हुने तथा निर्वाचन विथोल्ने शक्ती समेत परिचालन हुने हुँदा त्यसलार्इ निष्तेज पार्नका लागि सेनालार्इ समेत परिचालन गर्न लागिएको हो । मतदान केन्द्रको करिब साँढे दुइ किलोमिटरको दुरीबाटै सेनाले सुरक्षा दिनेछ । मतदान केन्द्र बाहिर दोस्रो घेराको सुरक्ष सशस्त्र प्रहरी र मतदान केन्द्रको मुख्य सुरक्षा नेपाल प्रहरीले गर्नेछ ।

दुवै प्रहरीले सुरक्षा दिन नसकेको अवस्थामा भने तेस्रो घेरामा रहेको नेपाली सेनाले सुरक्षा दिनेछ ।