मान्छेमा सर्ने चिनियाँ बर्डफ्लुको त्रास बढ्यो, एयरपोर्टमा कडा स्वस्थ्य जाँच

फागुन २४, काठमाडौं – चीनका विभिन्न प्रान्तहरुमा बर्डफ्लुका कारण पछिल्लो अवधिमा ५५ जना नागरिकको ज्यान गएपछि नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँचमा कडाई गरेको छ ।
चीनको हङकङ, ग्वान्जाओलगायतका स्थानमा एच ७ एन ९ नामक भाइरस भेटिएर नागरिकको मृत्यु भएको चिनीयाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहिले एयरलाइन्समार्फत दैनिक सयौं नागरिकहरु चीनबाट नेपालतर्फ भित्रिने र नेपालबाट चीनतर्फ जाने गरेको त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको तथ्यांकमा उल्लेख छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

नेपालका पंक्षीहरुमा बर्डफ्लु भेटिए पनि मानिसहरुमा अहिलेसम्म नभेटिएको तर, चीनबाट मानिसहरु आवत जावत गर्दा बर्डफ्लुको लक्षण देखा पर्न सक्ने सरवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताए ।