टिपरले गराउँछन् धैरै दुर्घटना

फागुन २२ , काठमाडौ- घटना १ : फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए।

घटना २ : फागुन १२ गते बालाजुबाट लैनचौर जाँदै गरेको बा ३ ख ४५७९ नम्बरको टिपर ट्याक्सीमाथि पल्टिँदा २२ बर्षीय श्यामबहादुर प्रधान गम्भीर घाइते भए । त्रिवि शिक्षण अस्तालमा उपचारको क्रममा उनको मृत्यु भयो।
घटना ३ : फागुन १ गते थानकोटबाट कलंकी आउँदै गरेको बा ७८ प १४६९ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको बा ३ ख ४५४५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो ।
घटना ४ : माघ १८ गते बालाजुबाट स्वयम्भू जाँदै गरेको बा ४७ प ८३ १७ नम्बरको मोटरसाइकललाई सोही दिशामा गुडिरहेको बा ४ ख १६७० नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भए। उपचारको क्रममा उनको पिपुल्स अस्पताल नयाँबजारमा मृत्यु भयो।
घटना ५ : माघ १२ गते भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ४ ख ६९८३ नम्बरको टिपरले बा ६९ प ७०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भए ।
उपत्यकामा माघ १२ देखि फागुन १३ गतेसम्म एक महिनामा टिपरले गराएका केही प्रमुख घटना हुन् यी। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका छौ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबै घटनाको प्रमुख कारण हो टिपर चालकको ‘लापरबाही’। अधिकांश टिपर तीव्र गतीमा हुइँकाउँदा दुर्घटना भएको महाशाखाले जनाएको छ। यसको सिकार साना सवारी हुने गरेका छन् ।
‘दुर्घटना अन्य सवारीमा पनि भइरहेको हुन्छन् ।’ महाशाखाका डिएसपी सबिन प्रधानले भने ‘टिपरको दुर्घटना भने बढी संवेदनशील हुन्छ ।’ टिपरले दुर्घटना गराएपछि कि त ज्यानै जान्छ, कि त गम्भीर घाइते हुने प्रधानले बताए।
यस्तो छ सजाय
कानुनमा सजायदेखि सर्वस्वसहित जन्मकैदको व्यवस्था भए पनि अधिकांश चालकलाई निश्चित जरिवाना गराएर ३५ दिन जेलमा राखी मुक्त गरिन्छ।