वीर अस्पतालको आईसियु निर्माणमा पाइलेट बाबाले गरे दई करोड सहयोग

 

 

 

काठमाडौं-  वीर अस्पतालको आइसियुलाई सुविधा सम्पन्न गर्न बनाउन योगी पाइलट बाबाले दुई करोड रुपैयाँ सहयोग प्रदान गरेका छन् । पाइलट बाबाले हिजो प्रधानमन्त्री निवास वालुवाटारमा यो वर्ष एक करोड प्रदान गर्ने जानकारी दिएका हुन्।
गत वर्षको भूकम्पपछि नेपाल आएका पाइलट बाबाले एक करोड त्यती बेला नै दिइसकेका थिए । गत वर्षको एक करोड र हिजोको एक करोड गरी उनले वीर अस्पतालको आइसियु पुनर्निर्माणका लागि दुई करोड दिएको अस्पताल निर्देशक डा। भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
निर्देशक डा। बस्नेतका अनुसार पाइलट बाबाले हिजो नै एक करोडमध्येको ५० लाख रुपैयाँ वीर अस्पतालको खातामा पठाइसकेका छन् । बाँकी ५० करोड एक हप्ताभित्र वीरको खातामा आउने उनले जानकारी दिए । ‘गत वर्षको एक करोड रुपैयाँ प्रधानमन्त्री कोषमा नै छ,’ डा। बस्नेतले भने, ‘उक्त रकम पनि वीरको खातामा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालज्यूसँग कुरा भैसकेको छ ।’ प्रधानमन्त्रीले वीरको आइसियु निर्माणका लागि आएको रकम तुरुन्तै वीर अस्पतालमै पठाउने बताएको डा। बस्नेतले जानकारी दिए ।
गत वर्षको भूकम्पका कारण वीरको नयाँ आइसियु भवनमा क्षती पुगेको थियो । आइसियुमा क्षती भएको खबर सुनेलगत्तै पाइलट बाबाले सहयोग दिने घोषणा गरेका थिए। अस्पतालमा हाल ३० बेडको आइसियु रहेको छ । पाइलट बाबाबाट आएको सहयोगबाट अस्पतालले आइसियु थप्ने र भएको आइसियुलाई स्तरोन्नती गर्ने तयारी गरेको निर्देशक बस्नेतले बताए ।