झण्डै २ सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन हुँदै

फागुन १८, काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मुख्य मुख्य क्याम्पसमा बाहेक झण्डै २ सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन हुँदैछ । ६० वटा आंगिकमध्ये विवाद नभएका २४ वटा आंगिकसहित झण्डै २ सय क्याम्पसमा चुनाव हुने त्रिवीले जनाएको छ ।

उपत्यकाका सानोठिमी क्याम्पस र भक्तपुर वहुमुखी क्याम्पस, पूल्चोक इन्जिनियरिङ र थापाथलि इन्जिनिययिरङ, जनप्रशासन क्याम्पस, आइओएम र नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, कृषी क्याम्पसमा निर्वाचन हुदै छ । राजधानीको शंकरदेव क्याम्पसले आउँदो २४ गते गर्नेगरि स्ववियुको मिति तोकेको छ । स्ववियु चुनावमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी मुख्य प्रतिस्पर्धामा छन् ।
आपसि विवादका कारण राजधानी सहित देशैभरिका ठूला क्याम्पसमा विभिन्न मागसहित विद्यार्थी संगठनले तालाबन्दि र आगजनी गरेका छन् । सोही कारण आठ वर्षपछि हुन लागेको स्ववियु चुनाव धेरैजसो क्याम्पसमा हुन नसक्ने भएको हो ।
आरआर, नेपाल ल, विश्वभाषा, पद्मकन्या, ग्रामीण आदर्श क्याम्पस र संस्कृत विश्वविद्यालयको वाल्मीकि, बानेश्वर क्याम्पस, कोटेश्वर क्याम्पस, मीनभवन, शंकरदेव, त्रिचन्द्र, अमृत साइन्स (अस्कल), त्रिवि केन्द्रीय क्याम्पस र पब्लिक युथमा निर्वाचन नहुन भएको छ ।