प्रत्रकारद्दारा आयोजित रात्रीभोज अमेरिकी राष्ट्रपति ट्रम्पद्दारा अस्विकार

 

काठमाडौ– एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताएका छन् । राष्ट्रपति ट्रम्पले आगामी अप्रिल २९ मा ह्वाइट हाउसका पत्रकारको संघले आयोजना गर्ने डिनर बहिष्कार गर्ने बताएका हुन । संघले वार्षिक रूपमा आयोजना गर्ने सो रात्रिभोजमा अमेरिकाका चर्चित व्यक्तित्व र पत्रकारको उपस्थिति रहने गर्छ । रात्रिभोजलाई राष्ट्रपति र पत्रकारबीचको मतभेद हटाउने अवसरका रूपमा लिइन्छ ।

सन् १९२१ देखि आयोजना हुने गरेको वार्षिक कार्यक्रममा यसअघिका प्रायः राष्ट्रपति उपस्थित भएका थिए । पूर्वराष्ट्रपति रिचार्ड निक्सन, जिम्मी कार्टर र रोनाल्ड रेगान भने विशेष कारण दर्शाई कार्यक्रममा सहभागी भएनन् । तर, राष्ट्रपति ट्रम्पले भने केही सञ्चारमाध्यमले पूर्वाग्रही ढंगले समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै आएका छन् । पछिल्ला दिनमा राष्ट्रपति ट्रम्प र पत्रकारबीचको सम्बन्धमा तिक्तता छाएको छ । केही सञ्चारगृहले गलत समाचार सम्प्रेषण गर्ने गरेको र उनीहरू अमेरिकी जनताको दुस्मन भएको ट्रम्पले आरोप लगाउँदै आएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना चुहावट गरेको भन्दै अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआई)प्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रपति ट्रम्पले ट्विट सन्देशमा एफबिआईले सूचना चुहावट नियन्त्रण गर्न नसकेको भन्दै एफबिआईका गतिविधिप्रति असन्तुष्टि जनाएका हुन् ।

तर, राष्ट्रपति ट्रम्पले भने केही सञ्चारमाध्यमले पूर्वाग्रही ढंगले समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै आएका छन् । पछिल्ला दिनमा राष्ट्रपति ट्रम्प र पत्रकारबीचको सम्बन्धमा तिक्तता छाएको छ । केही सञ्चारगृहले गलत समाचार सम्प्रेषण गर्ने गरेको र उनीहरू अमेरिकी जनताको दुस्मन भएको ट्रम्पले आरोप लगाउँदै आएका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना चुहावट गरेको भन्दै अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआई)प्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रपति ट्रम्पले ट्विट सन्देशमा एफबिआईले सूचना चुहावट नियन्त्रण गर्न नसकेको भन्दै एफबिआईका गतिविधिप्रति असन्तुष्टि जनाएका हुन् ।