खुट्टा खप्टिएर बस्नुका ५ बेफाइदा

एजेन्सी– हामीमध्ये प्रायः कुर्सीमा बस्दा एउटा खुट्टा अर्को खुट्टामा खप्टिएर बस्ने गर्छौं। तर, लामो समयसम्म यो आशनमा बस्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो नभएको एक अध्ययनले देखाएको छ।
यसरी बस्दा शरीर स्वभाविक अवस्थमा नरहने भएकाले स्वास्थ्यमा समस्या देखिन सक्ने बताइएको छ। खुट्टा खप्टिएर बस्ने बानी भएकाहरुलाई छोटो–छोटो समयमै बसाइको तरिका परिवर्तन गर्न  विज्ञहरु सुझाउँछन्। लामो समयसम्म खुट्टा खप्टाएर बस्दा आउनसक्ने पाँच समस्या यस्ता छन्ः
१। शरीर अस्वभाविक आकारमा रहने भएकाले लामो समय खुट्टा क्रस बनाएर बस्दा ढाड दुख्छ।
२। यो आसनमा बस्दा शरीरको नशामा बढी दबाब पर्छ। यस्तो अवस्थामा रगत मुटुतर्फ नगएर खुट्टातर्फ जाने गर्छ, जसका कारण मुटुमा असर पुग्न सक्छ।
३। लामो समय एउटा खुट्टा अर्को खुट्टामाथि राख्दा गुप्ताङ्गको हड्डी दुख्छ र गुप्ताङ्गमा पनि समस्या आउन सक्छ।
४। धेरै बेरसम्म खुट्टा खप्ट्याउँदा स्पाइनल कर्डमा दुखाइ बढ्न सक्छ।
५। यो पोजिसनमा लामो समय बस्दा नशामा दबाब बढ्ने भएकाले नशा खिइने सम्भावना पनि हुन्छ।