खानेवित्तिकै चियाकफी केही पिउनु हुँदैन । चियापत्तिमा एसिडिटी हुन्छ । खाएको केही समयसम्म शरिरमा प्रोटिन पचिसकेको हुँदैन । खानेवित्तिकै चिया पिउँदा हामीले लिएको प्रोटिनमा असर गर्छ । खाना खाएको दुई घन्टापछि चिया खाँदा केही फरक पर्दैन ।
खाना खानेवित्तिकै फलफूल खानुहुँदैन । खाना खानेबित्तिकै फलफुल खाँदा अपच र एसिडिटी हुने गर्छ । खानेवित्तिकै फल खाँदा ओभरडाइट हुने र तौल बढ्ने गर्छ । तसर्थ खाना खाएको कम्तिमा एक घन्टापछि मात्र फलफूल खाने ।
खाना खानेवित्तिकै नुहाउनु हुँदैन । नुहाउने समयमा शरिर ठन्डा हन्छ र त्यसको असर रक्त प्रवाहमा पनि पर्छ । खाने वित्तिकै नुहाउँदा पाचन प्रक्रिया सुस्त हुन्छ र कब्जियतको समस्या उत्पन्न हुन्छ ।
खाने वित्तिकै हिँड्नु हुदैन । खानेवित्तिकै झटपट हिँड्दा रक्त प्रवाहमा असर गर्छ । यसले पाचन प्रणालीमा गम्भीर अशर गर्छ । खाएको आधा घन्टापछि मात्र हिँड्नुपर्छ ।
खानेवित्तिकै चुरोट पिउँदा शरिरलाई चुरोटले अन्य समयमा भन्दा १० गुणा बढी असर गर्छ । खानेवित्तिकै चुरोट पिउँदा क्यान्सर, मुटु रोग र श्वासप्रश्वासको समस्या बढ्छ । खाना खाएको २ घन्टासम्म चुरोट पिउनु हुन्न ।
खानेवित्तिकै सुत्नु हुँदैन । खानेवित्तिकै सुत्दा पाचन प्रणाली सुस्त हुन्छ र ग्याँस्ट्रिकको समस्या हुन्छ । खान खाएको एक देखि दुई घन्टापछि मात्र सुत्नु उपयुक्त मानिन्छ ।
खानेवित्तिकै तुरुन्त दाँत माझ्नु हुन्न । खानेवित्तिकै दाँत माझ्दा इनामेल निस्कछन् । खाना खाएको आधा घन्टापछि मात्र दाँत माझ्नुपर्छ ।