फागुन ६,काठमाडौं – नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा यात्रुको संख्या ५१ प्रतिशतले बढेको छ। सन् २०१५ को तुलनामा राष्ट्रिय ध्वजाबाहकले १ लाख ३० हजार बढी यात्रु बोक्न सफल भएको छ। काठमाडौंलाई उद्गम गन्तव्य बनाएर अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्समध्ये सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्स नेपाल वायुसेवा निगम बनेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको तथ्यांकअनुसार सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्म निगमले ३ लाख ८४ हजार ६ सय यात्रुलाई ओसारपसार गरेको छ।
एयरलाइन्सको नाम | यात्रुसंख्या |
नेपाल एयरलाइन्स | ३८४३२७ |
कतार एयरवेयज | ३४१७६४ |
एयरअरेबिया | ३४०१३५ |
जेट एयरवेयज | ३३४१७९ |
फ्लाईदुबई | ३२२६४४ |