सलबलाउन थाले राजधानीमा गुन्डा

फागुन १,काठमाडाैं- प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलवलाउन थालेका छन् । आजको नागरिकमा दैनिकमा समाचार छ।

प्रहरी मुठभेडमा २ गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु सक्रिय भएका हुन् ।
गुन्डानाइके चरी र घैंटे मारिएपछि डरले भागेका गुन्डा नाइके हाल आपसमै भिड्न थालेका छन् । काठमाडौमा शुक्रबार सुरक्षित र संवेदनशिल मानिएको दरबारमार्गमा काभ्रेली समूह र राम गिरी समूहवीच भिडन्त भएको छ।