प्रचण्ड-ओली भेटले तर्सिए देउवा

फागुन १,काठमाडाैं- संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटले कांग्रेस झन सशंकित बनेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

‘भेटमा ओली जीले नीति तथा कार्यक्रम पनि ल्याउनुस र बजेट पनि ल्याउनुस भन्नु भएपछि आंशका उब्जिएको छ,’ देउवा निकट स्रोत भन्छ, ‘चुनाव घोषणा नहुने र सरकार पनि नछोडने अवस्थामा सशंकित हुनु अस्भाविक होइन।’
दलहरुवीच जेठभित्र स्थानीय निर्वाचन गर्नेबारे छलफल भइरहेको छ। जेठसम्मा निर्वाचन भएमा दलहरुको सहमति अनुसार देउवा प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ। तर त्यतिबेलासम्ममा पनि निर्वाचन नभएमा अर्कै गठबन्धन बन्नसक्ने सम्भावना रहने भन्दै सशंकित भएको हो।