बिहानै गयो फेरी नेपालमा भुकम्प

माघ २६, काठमाडौं – दोलखा केन्दविन्दु बनाएर बुधबार (अाज) बिहान ३.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान पाँच बजेर २३ मिनेट जाँदा ३.९ रेक्टर स्केलको कम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद ठाकुरप्रसाद कँडेलले जानकारी दिए ।

यो नयाँ भूकम्प नभई गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको पराकम्प रहेको कँडेलले बताए ।

गत वैशाखमा गएको शक्तिशाली भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिको क्षमताका चार सय ७६ परकम्प गएका छन् । अहिलेसम्म परकम्प आउने क्रम रोकिएको छैन् ।