कस्तो औषधि खान्छन् अमेरिकाका बृद्ध राष्ट्रपति डोनाल्ड ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाका पाका राष्ट्रपति मध्ये पर्छन्। उनी ७० वर्षका भइसके। उमेरको हिसाबले ट्रम्प बृद्ध अवस्थामा पुगिसकेका हुन्। तर, उनको प्रस्तुति, हाउभाउ र सक्रियता हेर्ने हो भने कुनै युवाभन्दा कम छैन। ट्रम्पले आफू फिट एन्ड फाइन रहन के–के गर्छन् होला भन्ने चासो विश्वभरि नै छ। उनको स्वास्थ्यबारे थरिथरिका टिप्पणी र खुलासा हुने गरेका छन्।
तर, ट्रम्प भने आफ्नो स्वास्थ्यलाई लिएर हुने गरेका टीका–टिप्पणी पटक्कै मन पराउँदैनन्। ट्रम्पको स्वास्थ्यबारे चिकित्सकहरुलाई सञ्चार माध्यममा जथाभावि बोल्न अनुमति नभएको ह्वाइट हाउसका वरिष्ठ अधिकारीले चेतावनी नै दिएका छन्।
पछिल्लो पटक ट्रम्पले कपाल बढ्ने औषधि खाने गरेको खुलासा भएको छ। राष्ट्रपति ट्रम्पले लामो समयदेखि कपाल बढ्ने र बाक्लो हुने औषधि खाँदै आएको उनका चिकित्सक डा। हारोल्ड एन बोर्नस्टिनले न्युयोर्क टाइम्सलाई बताए। बोर्नस्टिनले राष्ट्रपति  ट्रम्पको टाउकोमा भएको कपाल सक्कली भएको पनि बताएका छन्।
ट्रम्पले सन् १९८० देखि नै हरेक वर्ष डा। बोर्नस्टिनसँग स्वास्थ्य सल्लाह लिँदै आएका हुन्। निर्वाचन पूर्व डा। बोर्नस्टिनले ट्रम्प निर्वाचित भएमा अहिलेसम्मकै स्वस्थ राष्ट्रपति हुने दाबी गरेका थिए।
लामो समयदेखिका ट्रम्पका चिकित्सक बोर्नस्टिनको ट्रम्पसँग सपथ समारोहपछि भेटघाट भएको छैन। तथापि ह्वाइट हाउसमा आयोजित उद्घाटन समारोहमा उनलाई पनि बोलाइएको थियो। ट्रम्पको स्वास्थ्यसम्बन्धी कागजात ह्वाइट हाउसले नमागेको उनले बताए।
ट्रम्प कपालका सौखिन मानिन्छन्। सम्भवतः कपाल बाक्लो बनाएर थप आकर्षक देखिन उनले लामो समयदेखि औषधि खाएको हुन सक्ने अनुमान गरिएको छ। क्याम्पस जीवनमा ट्रम्पले हरेक आधा घण्टामा कपाल कोर्ने गरेको उनका सहपाठीहरु बताउँछन्।
राष्ट्रपति ट्रम्पले ‘फिनास्टराइड’ नामक औषधि खाने गरेको चिकित्सक बोर्नस्टिनले बताएका छन्। यो औषधिले तालु खुइलिने समस्या समाधान गर्ने बताइन्छ।
ट्रम्प अनुहारको रातो हटाउने औषधि पनि खान्छन्
राष्ट्रपति ट्रम्पले अनुहार रातो हुने एक प्रकारको छाला सम्बन्धी रोग ९रोजासी० को औषधि खान्छन्। विशेष गरी यस्तो रोग युवायुवतीलाई लाग्ने गरेको बताइन्छ। ट्रम्पले यो रोगको औषधि सेवन गरिरहेको न्युयोर्कका अर्का एक ग्यास्ट्रोलोजिस्टले बताएका छन्। राष्ट्रपतिको अनुहार आवश्यकताभन्दा बढी रातो भएकाले राम्रो देखिन त्यस्तो औषधिको सेवन गरेको ती चिकित्सकको भनाइ छ।
निर्वाचन अभियानमा ट्रम्पले नियमित जसो रोसुभास्टेसन ९अनुहार रातो हुनबाट जोगाउने० र हृदयघातबाट बच्न थोरै मात्रामा एस्पिरिन खाने गर्थे।
रोजासीको उपचारपछि यौन गतिविधिमा असर गरेको भन्दै अमेरिकामा औषधी कम्पनी विरुद्ध एक हजार तीन सय ७० वटा उजुरी पनि परेका थिए। रोसुभास्टेसन औषधि खानेमध्ये ५० जनाले आफूहरुलाई प्रोटेस्ट क्यान्सर, पुरुषको स्तन क्यान्सर लगायतका समस्या देखिएको बताएका छन्।
फक्स न्युज र सिएनएनको सहयोगमा०