श्रीमानसँग वाथटपमा सन्नी

बलिउड नायिका सन्नी लियोनी अहिले चलचित्र ‘रइस’को आइटम गीत ‘लैला औ लैला’को कारण चर्चामा छिन् । यहि मौकामा उनले आफ्ना श्रीमान् डेनियल वेबरसँग खिचेको नयाँ तस्बिर सार्वजनिक गरेकी छिन् ।
सार्वजनिक गरेको तस्बिरमा सन्नी उनका श्रीमान् डेनियलसँगै बाथटबमा बसेकी छिन् । उक्त फोटो सन्नीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन् ।
पोर्नस्टारवाट करिअर सुरु गरेकी सन्नी अहिले बलिउडमा करिअर बनाउने क्रममा छिन् ।
उनका पति डेनियलले पनि पोर्न फिल्मबाटै करिअर सुरु गरेका थिए ।अहिले उनका श्रीमान् उनका बिजनेश मेनेजर हुन् भने श्रीमान्को सल्लाहबिना उनी कुनै पनि चलचित्रमा काम गर्दिनन् ।
डेनियलका अनुसार सन्नीलाई पहिलो पटक उनले लस भेगासको एक रेष्टुरेन्टमा देखेका थिए । जुन रेष्टुरेन्टमा डेनियल आफ्नो ब्याण्ड सो गर्न गएका थिए । त्यसपछि हुँदै गएको भेटघाट नै पछि विवाहमा परिणत भएको थियो ।