खोपबारे १० भ्रम र यथार्थ

 

भ्रम नं १ः स्वास्थ्य र उचित सफाइले रोग हराउँछ । खोप खासै आवश्यक छैन् । ९झुट०
तथ्य नं १ः यदि हामीले खोप कार्यक्रमलाई रोक्यौं भने खोप लगाइएका रोग फेरि बल्झिन सक्छन् । सरसफाई गर्दा, हात धुँदा र स्वच्छ पानीको प्रयोगले मानिसलाई संक्रमित रोगबाट बचाउँछ । तर सफा हुँदा पनि केही  संक्रमण सर्ने गर्छ । खोप दिइएन भने पोलियो,, दादुरा जस्ता असामान्य रोग चाँडै पुनः देखा पर्छन् ।
भ्रम नं २ स् खोपले दीर्धकालिन असर हुन्छ । खोप संयोगवश लगाइने सुई हो । ९झुट०
तथ्य नं २स् खोप धेरै सुरक्षित हुन्छन् । प्राय खोपको प्रतिक्रिया सामान्यतया सामान्य र अस्थायी हुन्छ । खोपले पाखुरा सुनिने र मझौला ज्वरो आउँछ । गम्भीर स्वास्थ्य सम्बन्धि समस्या अति नै दुर्लभ हुन्छ । यस्ता रोगलाई साबधानीपूर्वक अनुगमन र अनुसन्धान गरिन्छ । खोपले सम्भावित रोगबाट तपार्इंलाई बचाउन सहयोग गर्छ । जस्तै पोलियोको उदाहरण लिउँ । यसले प्यारालाइसिस बनाउन सक्छ । दादुराले इन्सेफलाइटिस र अन्धोपन बनाउँछ । त्यस्तै खोपबाट बचाउन सकिने अन्य केही रोगले मानिसलाई अकालमै मृत्युको मुखमा धकेल्न सक्छ । खोपका केही बेफाइदा पनि होलान् । तर, बेफाइदा भन्दा फाइदा नै धेरै छन् ।
भ्रम नं ३स् डिप्थेरिया, टिटानास, पोलिओमाइअलाटिस, लहरेखोकी बिरुद्ध लगाउने खोपले शिशुको अकस्मात मृत्यु हुन्छ । ९झुट०
तथ्य नं ३ः खोप र शिशुको अकस्मात मृत्युमा कुनै सम्बन्ध छैन । शिशुले अकस्मात डेथ सिन्ड्रोम ९एसआईडीएस० देखाउँदा यी खोप दिइन्छ । अर्थात् एसआईडीएस मृत्युका घटना खोपसँग संयोग मात्र हुन । खोप नदिए पनि यस्ता घटना हुने गर्थे । यी चार रोगहरु स्वास्थ्यको मुख्य चुनौती हुन् । यी रोगबिरुद्ध खोप नलगाएका शिशुको मत्यु हुनुका साथै अकस्मात कमजोर हुन्छन् ।
भ्रम नं ४ः खोपबाट निको पार्न सकिने रोगलाई धेरै देशहरुबाट निर्मूल भएका छन् । तसर्थ खोप लगाउनुको कुनै अर्थ छैन । ९झुट०
तथ्य नं ४ः धेरै देशहरुमा खोपबाट बच्न सकिने रोग असामान्य भए पनि संक्रमित एजेन्ट देशका अधिकांश भागमा निरन्तर फैलिरहेको छ । उच्च अन्तर सम्बन्ध रहेको संसारमा यी एजेन्टले सजिलै भौगोलिक सिमा पार गरी सुरक्षित नभएका व्यक्तिलाई संक्रमण गरिदिन्छ ।
जस्तै पश्चि युरोपका अस्ट्रेलिया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मन, इटाली, स्पेन, स्वीट्जरल्यान्ड र बेलायतमा सन् २००५ देखि नै खोप नलगाएका जनसंख्यामा दादुराको महामारी फैलिएको छ । तसर्थ खोप लगाउनुका मुख्य दुई कारण छन् ः हामी र हामी  वरिपरको वातावरण रक्षा गर्नु । हरेक व्यीक्तको सहकार्यमा सफल खोप कार्यक्रम सम्भव हुन्छ । रोगलाई रोक्न हामी वरपर भएका मानिसमा निर्भर हुनु भन्दा पनि हाम्रो तर्फबाट केही पहल गरौं ।
भ्रम नं ५स् बाल्यकालको रोगलाई खोपबाट जोगाउन सकिन्न ९झुट०
तथ्य नं ५ः खोपबाट जोगउन सकिने रोग जीवनको सत्य होइन । दादुरा, रुबेला, गलगाँड जस्ता रोगलाई गम्भीर रोग मानिन्छ । यी रोगले बालबालिका र प्रौढमा गम्भीर समस्या उत्पन्न गर्छ । त्यस्तै निमोनिया, इन्सेफलाइटिस, अन्धोपन, पखला, कानको संक्रमणले मानिसलाई रोगको मुखमा पुर्याउँछ । यी सबै रोगलाई खोपबाट नियन्त्रण गर्न सकिन्छ । आवश्यक खोप नलागाउँदा  बालबालिकालाई अनावश्यक रुपमा जोखिममा रोगको जोखिममा पुयाउछ ।
भ्रम नं ६ः बच्चाालई एक पटकमा एउटा भन्दा बढी खोप दिदा यसको गम्भीर साइड इफेक्ट हुन्छ, जसले बच्चाको प्रतिरोध प्रणालीमा असर गर्छ ।
तथ्य नं ६ः एकै पटक एउटै बच्चालाई धेरै खोप दिँदा बच्चाको प्रतिरोधी प्रणालीमा कुनै असर नपर्ने वैज्ञानिकहरुले प्रमाणित गरेका छन् । बच्चाहरु दिनहुँ असंख्य समस्यासँग जधेका हुन्छन् जसले उनीहरुको प्रतिरोधी प्रणालीलाई अभ्यस्त बनाएको हुन्छ । जस्तै खानेकुरा खाँदा नयाँ वस्तु शरिरभित्र प्रवेश गर्छ र असंख्य व्याक्टेरिया मुख र नाकमा बस्छन् । सामान्य चिसो वा घाँटीको दुखाईसँगै यस्ता बस्तुप्रति अभ्यस्त हुन्छ । एकैपटक धेरै खोप लगाउँदाको अन्य फाइदा पनि छन् । जस्तै बारम्बार क्लिनिकमा धाउनु पर्दैन । यसले पैसा र समय दुबै बचत गर्छ । समयमा नै तोकिएको खोप लगाइ रोगको संक्रमणबाट बचाउछ ।
भ्रम नं ७स् इन्फ्लुएन्जा दिक्क लाग्दो समस्या हो । यो कुनै प्रभावकारी हुँदैन । ९झुट० ।
तथ्य नं ७स् इन्फ्लुएन्जा चानेचुने समस्या होइन । यस रोगबाट बर्षेनी विश्वभर ३ देखि ५ लाख मानिसको मृत्यु हुने गरेको छ । गर्भवती महिला, साना बालबालिका, मुटु र दम रोगी तथा कम्जोर स्वास्थ्य भएका मानिस यस रोगको जोखिममा हुन्छन् । गर्भवती महिलाले खोप लगाउदा नवजात शिशु पनि रोगबाट बच्न सक्छन् । फ्लुबाट बच्नु भनेको थप उपचार गर्न समय र पैसाबाट बच्नु हो ।
भ्रम नं ८ः खोप भन्दा पनि रोगबाट नै प्रतिरक्षा गर्नु उपयुक्त ९झुट०
तथ्य नं ८ः खोपले प्रतिरोध प्रणालीलाई सहयोग गर्छ । त्यसको विपरित स्वभाविक संक्रमणमार्फत प्राप्त गर्ने प्रतिरोधले विभिन्न समस्या जस्तै हेइमोफिलस इनफ्लुुएन्जा टाइप बी ९एचआईबी० , रुबेलाबाट जन्मदै कम्जोर, हेपटाइटिस बी भाइरसबाट लिभरको क्यान्सर वा दादुराबाट मृत्युसम्म हुन्छ ।
भ्रम नं ९ः खोपमा मर्करी हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । ९झुट०
तथ्य नं ९ः थियोमर्सलमा हुने अर्गानिक र मर्करीयुक्त तत्वले केही खोपलाई सुरक्षित बनाएको हुन्छ । खोपमा हुने मर्करीले स्वास्थ्यमा अशर गर्ने प्रमाण अहिलेसम्म फेला परेको छैन ।
भ्रम नं १०ः खोपले सिन्ड्रोम निम्त्याउँछ ९झुट०
तथ्य नं १०ः सन् १९९८ मा गरिएको एक अधययनमा दादुरा रुबेला ९एमएमआर० खोप र सिन्ड्रोमबीच सम्भाव्य सम्बन्ध रहेको बताइए पनि केही समयपछि त्यसलाई गलत साबित गरिइएको थियो । सो अध्ययन एउटा जर्नलमा प्रकाशित गरेपछि मानिसहरुमा एक प्रकारको त्रास उत्पन्न भएको थियो जसका कारण मानिसमा प्रतिरोध प्रणाली कमजोर भई रुबेला र दादुराको महामारी फैलिएको थियो ।
स्रोत स् विश्व स्वास्थ्य संगठन