किन्डरगार्टेन प्रिन्स प्रिन्सेसको माघ १० गते ग्रान्ड फिनाले, २०१७ को ट्यालेन्ट शो सम्पन्न !

माघ ४,काठमाडौं – आर के इन्टरटेंमेंट ले आयोजना गरेको तेस्रो किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को हिजो बालाजु सोह्रखुट्टे स्थित ड्रागन टुरिस्ट मार्केट मा ट्यालेन्ट शो सम्पन्न भएको छ।जम्मा जम्मी ३० जना सहभागी भएको मा अस्वस्थताको कारणले ४ जना यस राउण्ड मा सहभागी हुन सकेनन बाँकी २६ जना ले गायन,नृत्य र प्रस्तुतीकरण कला प्रस्तुत गरेका थिए।

उक्त ट्यालेन्ट शो मा जज को रूपमा कोरिओग्राफ़र आर जे एवं न्युजसमाचार ।कोम का प्रधान सम्पादक तथा प्रेस चौतारी ललितपुर का जिल्ला कमिटी सदस्य अन्जली शाक्य,मोडेलआर जे वि जे सरु महर्जन,ड्रागन टुरिस्ट मार्केटका निर्देशक किशन सिं,ब्युटिसियन एवं डान्स कोरिओग्राफ़र कमला लामा रहेका थिए।


यहि आउँदो सोमबार माघ १० गते राष्ट्रिय नाचघर मा दिनको १ बजे ग्रान्ड फिनाले हुँदै छ। यसमा ऐर्भोईसरेडियोडट्कम्,अप्सराजडट्कम र न्युजसमाचारडट्कम मिडिया पार्टनर रहेको छ।

सहभागी किन्डर गार्टेन स्कूलहरु :-

#Prominent kids
#Fairy’s world ecd school
#Himalayan kindergarten
#Ketaketi pathashala
#Prominent kids
#Reed model school
#Saraswoti school
#Sigma school