ओम पुरीले सिकाएर गए रुप र सिपको अन्तर

अलविदा ओम
मुम्बई(एजेन्सी)
व्यक्तिको लोकप्रियता रुपमा भन्दा पनि सिर्जनामा हुन्छ भन्ने यर्थाथ प्रमाणीत गरेका  बलिउड अभिनेता ओम पुरीको शुक्रबार निधन भएको छ । ६६ वर्षको उमेरमा उनको निधन भएको हो । नाटक थिएटरबाट फिल्म क्षेत्रमा प्रवेश गरेका ओमको सहकर्मीका रुपमा चर्चित अभिनेत्री शबाना आजमी, नसीरुद्दीन शाह, स्मिता पाटिल लगायत थिए । जुन बलिउड फिल्म उद्योगका सशक्त कलाकार हुन् । रमाइलो किस्सा के छ भने, शबानाले ओमलाई देखेपछि यति नराम्रो मान्छे पनि अभिनय गर्न सक्छ ? भनेर आलोचना गरेकी थिइन रे ।


कुरुप अनुहारको टिकाटिप्पणी गर्नेका पछाडि भने ओम कहिल्यै लागेनन् । उनी भविष्यमा राम्रो कलाकार बनेरै छाड्ने उदेश्य बोकेका थिए । यसलाई सफल पनि पारे । सर्वोच्च नागरिक पद्मश्रीले सम्मानित ओम शुक्रबार बिहान मुम्बईस्थित आफ्नै घरमा देह त्याग गरेको अन्तराष्ट्रि मिडिया स्रोतले जनाएको छ ।