संविधान शंसोधन विरुद्ध ओर्लियो जनप्रर्दशन

 

काठमाडौं—संविधान कार्यान्वयन गराउनुको सट्टा उल्टै संशोधन गर्न तर्फ लागेर सरकारले असंवैधानिक काम  गरेको भन्दै एमाले र विपक्षी दल लगायतले सरकारको निर्णय विरुद्ध जन प्रर्दशन गरेकोछ । पुस २०, २१ र २२ गते देखि विभिन्न गतिविधिमार्फत विरोध गरेको हो । शुक्रबार राजधानीमा वृहत भेला प्रर्दशनमा उत्रियो ।  जस अन्र्तगत विभिन्न सांस्कृतिक गतिविधि समेत शान्ति र सांस्कृतिक पुर्ण विरोध सभा देख्न सकिन्थ्यो । हिमाल, पहाड, तराई सबै एक हुन, देश टुक्राउन पाइदैन, संविधान लागु गर, संशोधन प्रक्रिया असंवैधानीक छ लगायतका नारा लगाउदै एमालेका विभिन्न भातृ संगठन बागबजारदेखि भृकुटिमण्डप हुदै, माइतिघर र बानेश्वरमा समेत ठुलो जन भेला गरिएको थियो ।


विभिन्न जात, जाति र समुदायले आ—आफ्ना भेषभुषा झल्कने स्वरुपमा भेलामा उत्रिएका थिए । दलित समुदायले बाजा बजाउदै संस्कृतिको प्रचार गरेका थिए भने अर्को तर्फ शान्तीपुर्ण विरोध । त्यस्तै, नेवारी हाकुपटासीमा सजिएका युवतिले हातेमालो गर्दै नारा लगाएका थिए । मगर समुदायको बाहुल्यता रहेको पाल्पा काठमाडौ सम्र्पक मञ्चले चाहि मगर पहिरन झल्काएर विरोध सभामा सक्रिय देखिए । हरेक समुदायले आफ्नो अस्थीत्वको महत्व दर्शाउदै विरोध प्रर्दशनमा उत्रिएका थिए ।