नरबहादुरका बुद्ध सिर्जना

काठमाडौं— चित्रकार नरबहादुर बिके नवलपरासीमा जन्मे, हुर्के । बुद्ध जन्मस्थल लुम्बीनि क्षेत्रको प्रभावमा उनी सानै देखि परे । उसबेलादेखि बुद्धको छाप उनको मस्तीष्कमा यसरी बस्यो की उनी भविष्यमा बुद्धकै राम्रो चित्र कार्ने उदेश्यमा लागे ।
लामो समयदेखि बुद्धकै चित्र कोरेर उनले जीविको पार्जन समेत गर्दै आएका छन् ।

ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा उनले कोरेका बुद्धका चित्र अहिले प्रर्दशन भइरहेको छ । १२ औं एकल चित्रकला प्रर्दशनमा उनका १७ चित्र छन् । बुद्धका अनेक दर्शन समेटेर चित्रमा रंगमार्फत उतार्न सक्नुमै नरबहादुरको क्षमता प्रर्दशीत हुन्छ । प्रर्दशनीमा राखिएका चित्र नियाल्ने हो भने, बुद्धका आकृति नभई दर्शन समेत महशुस गर्न सकिन्छ । नरबहादुरले ठमेलमा विके आर्ट ग्यालरी खोलेका छन् । जहा उनले कला सिर्जना गर्नुको साथै बेच्ने पनि गर्छन् । कलामा जस्तो सुकै गहिरो भाव र उमंग समेत दर्शाउन सकिन्छ । उनका अनुसार बुद्धको नेपालीपन रंगमा झल्काउन भरपुर प्रयास गरेको दावा गर्छन् ।

पछिल्लो वर्ष बनाएका बुद्धका चित्र भन्दा यो पटक विषय र रंगमा फरक पन ल्याउन खोजेको उनी बताउछन् । समय सापेक्ष रंग चलाउन जान्नुपर्छ भन्ने उनको मान्यता छ । त्यसैले बुद्धका आकृतिमा समेत समयको प्रत्यक्ष प्रभाव देखाउन उनी सिपालु छन् । प्रर्दशनीमा राखिएका १७ चित्रको मुल्य १५ हजार रुपैया देखि ५० हजार रुपैया सम्म राखिएकोछ ।