उद्दण्ड नबन: ओली

पुष १९, काठमाडौं— एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा अराजक र उद्दण्ड नबन्न तथा गैरसंसदीय काममा सरिक नहुन सांसदलाई निर्देशन दिएका छन् । उनले आफूहरूले संसद्भित्र मर्यर्ा्दित र शान्तिपूर्ण तारिकाले विरोध गर्ने भएकाले नेतृत्वको निर्देशनअनुसार चल्न निर्देशन दिएका हुन् ।
पार्टी संसदीय दलको बैठकमा सोमबार सांसदलाई निर्देशन दिदै ओलीले संविधान संशोधन प्रस्ताव अघि बढ्न नदिने बताए । ‘एमाले संसदमा मेचटेबुल भाच्ने, माइक फुटाउने पार्टी होइन, शान्तिपूर्ण र मर्यार्िदत विरोध गर्ने हो । तपाईंहरू नेतृत्वको निर्देशनअनुसार चल्नुहोला, हामी अगाडि हुन्छौं,’ उनले भने ।
नेतृत्वको संकेत र भाषा बुझेर अगाडि बढ्न उनले सांसदहरुलाई आग्रह गरे । ‘केही गर्नुर्पयो भने हामी अगाडिबाट कमान्ड गर्छौं, तपाईंहरू भाषा बुझ्नुहोला, बीचैमा उभिएर प्रस्तुत हुने अभद्र र अमर्यर्ािदत स्थिति हामीबाट हुनुहुदैन, अगाडिबाट जे कमान्ड हुन्छ । तपाईंहरूले त्यसैलाई निर्देशनका रूपमा मान्नुहोला’, उनलाई उद्धृत गर्दै एक सांसदले भने ।
तीन दलको सोमबारको बैठकमा आफूले सत्तापक्षका नेतालाई संशोधन प्रस्ताव अघि बढ्न नदिने र बढ्न नसक्ने बताएको ओलीले जानकारी दिए । ‘रातारात चोर बाटोबाट ल्याइएको, राष्ट्रलाई दीर्घकालीन रूपमा अहित गर्ने संशोधन प्रस्ताव कुनै हालतमा एमालेले अघि बढ्न नदिने सत्तापक्षलाई आज पनि बताएको छु’, ओलीलाई उद्धृत गर्दै सांसद डा. राजन भट्टराईले भने ।