मञ्चमा थारु संंस्कृति

काठमाडौं—थारु समुदायको भाषा र संस्कृति झल्कने नाटक राजधानीमा मञ्चन भएको छ । केहि सातादेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक देखाउन थालिएको हो । सुशील चौधरीको लेखनमा प्रणव आकाश थारुको परिकल्पना र निर्देशन रहेकोछ ।

करिब १ घन्टा लामो नाटकले थारु समुदायको कला संस्कृति र भाषा दृश्यात्मक रुपमा देखाउने प्रयास गरेको छ । पाच दशक पुरानो थारु संस्कृति झल्कने दृश्य नाटकमा हेर्न सकिन्छ । नेपाली भाषामा थुप्रै नाटक मञ्चन हुने गरेपनि सिमान्तकृत थारु समुदायको नाटक चाहि पहिलो पटक सर्वनाममा देखाइएको रंगकर्मी अशेष मल्लले बताए ।

उनले यसै गरि अन्य भाषा, संस्कृति र समुदायको प्रतिनिधित्व गर्ने नाटक देखाइनु पर्ने आवश्यक ठाने । चम्पन सांस्कृतिक समुहको प्रस्तुतीमा नाटक मञ्चन गरिएको हो । नाटक २३ गते सम्म चल्ने छ । नाटकमा दिपक चौधरी दिप, निरज चौधरी, नन्दुराज चौधरी, अन्जु चौधरी, इन्द्र चौधरी, दोष हरण चौधरी, जितु चौधरी, सरिता चौधरी पछल्डंग्या, शान्ती चौधरी लगायतले अभिनय गरेका छन् ।