रितिशालाई ‘सिन्ड्रला नेपाल–२०१६’

काठमाडौं— रितिशा कार्कीले ‘सिन्ड्ेरला नेपाल–२०१६’ को उपाधी हाता पारेकी छन् । शनिबार राजधानीमा गरिएको कार्यक्रममा उनले उपाधी हासिल गरेकी हुन् । प्यासिफिक इभेन्ट मेनेजमेन्टले आयोजना गरेको प्रतियोगीतामा ४४ जनालाई पछि पार्दै रितिशाले उपाधी पाएकी हुन् ।
त्यस्तै, स्लेशा कार्की फस्ट रनरअप र प्रमिति भण्डारी सेकेण्ड रनरअप भइन् । प्रतियोगीतामा कृतिका तामाङ मिस ट्यालेन्ट, अदिति भट्टराई बेस्ट ड्रेस र एन्जेलिना पराजुलीले फोटो जेनिक अवार्ड प्राप्त गरे । कृष्था चापागाईले मिस चार्मिङ, अर्शिया मानन्धर मिस पर्सनालिटी, सुविना श्रेष्ठ बेस्ट स्किन, अस्मिता तामाङ बेस्ट हेयर, फूर्वा शेर्पा, निश्चिता मिस फ्रेण्डशिप र प्रेरणा नेपालले मिस डिस्प्लिनको अवार्ड पाए ।