प्रमुख तीन दलको बैठक आज पनि निष्कर्षविहीन

पुुस १८, काठमाडौं — राजनीतिक गतिरोध अन्त्यको प्रयासमा बसेको प्रमुख तीन दलको बैठक आज पनि निष्कर्षविहीन भएको छ । सिंहदरवारमा बसेको बैठकमा शीर्ष नेताहरु आ-आफ्नै अडानमा कायम रहेपछि सहमति नभएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोहोर्‍याएका थिए । उनले बैठकपछि पनि पत्रकारहरुसँग कुरा गर्दै संशोधन प्रस्ताव फिर्ता भए सहमति हुने बताए ।

यसैगरी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सहमतिको प्रयास जारी राख्ने बताए । पत्रकारहरुसँग उनले भने, ‘सहमति गरेर जाने कुरा छ, वार्ता जारी छ ।’