प्रमुख तीन दलको संयुक्त बैठक सूरु

पुुस १८ काठमाडौं, — संसद बैठक बस्नुअघि संविधान संशोधनका विषयमा सहमति खोज्न प्रमुख तीन दलको सुंयुक्त बैठक सूरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा केही वेर अघि सूरु बैठकमा काग्रेस, एमाले र माओबादी केन्द्रका शिर्षनेताहरु सहभागी छन् । निर्वाचनमा सहमति गरेर संविधान संशोधनमा जान एमालेलाई मनाउने प्रयास स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक राख्नुभएको हो ।
संविधान सशोधन बिद्येयकलाई अघि बढाउन नदिने अडान राख्दै आएको एमालेलाई मनाएर निर्वाचनको वातावरण बनाउने प्रयासमा तीन दलका शिर्ष नेताहरुबीच छलफल भईरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी ओली उपश्थित हुनुहुन्छ ।
यसअघि हिजो प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीविचको बैठकमा आउदो मंसिरभित्रै तीन तहको निर्वाचन गराउने बिषयमा छलफल भएको थियो । मधेसी मोर्चाको माग सम्वोधनका लागी संविधान संशोधन बिद्येयकलाई संसद बैठकमा टेवल गर्ने सत्तारुढ दलले बताइरहेका बेला मुख्य विप्क्षी एमालेसंग सहमतिको प्रयासमा तीन दलबीच संयुक्त छलफल भएको हो ।