कांग्रेसभित्र पावर पोल्टिक्स बढ्योः प्रकाशमान

पुस १७ काठमाडौं — नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले अहिले दलहरुका बिचमा देखिएको पदीय जिम्मेवारी जोगाउनु नै मुख्य चुनौति रहेको बताउनुभएको छ । आज राष्ट्रिय मेलमिलाप दिवस को अवसर पारेर २०४२ साल का सत्याग्रहिहरुको सम्मानमा कांग्रेस काठमाडौ क्षेत्र नं ९ ले आयोजना गरेको कायक्रममा नेता सिंहले सिस्टम जोगाउन सके समयको माग र जन्ताको चाहाना अनुसार आवश्यकता अनुसार सुधार गर्दै जान सकिने बताउनुभयो ।
अहिले दलहरुका बिचमा संविधान संसोधनका विषमा रस्साकस्सी चलिरहेको भन्दै उहाले यो ब्यवस्था नै जोगाउन नसके बाकी सबै कुरा गौण हुने भएकाले पनि प्रमुख दलहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।संविधान संसोधन लाई प्रक्रियामा जानबाट रोकेर बिपक्षी दलले संसदीय अभ्यास लाई कमजोर बनाउनतिर लाग्न नहुने उहाको भनाई छ ।

बि पि ले दल भन्दा माथि उठेर राष्टियताको बिषयमा मेलमपलापको नीति लिएको स्मरण गर्दै उहाले आजको दिनमा यही कुरालाई मनन गरेर प्रमुखदलहरुले निर्णय लिनुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र पावर पोल्टिक्स सुरु भएको र मुल्य मान्यताको राजनीति गर्नेहरु पाखालाग्न थालेको भन्दै नेता सिंहले पाटिभित्र सत्याग्रहजस्तो कठोर कालखण्ड भोगेका नेताहरु ओझेल परेकाले यसलार्ई सुधार गर्न सुझाव दिनुभयो ।