भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

 

पुस ९, काठमाडौं – सरकारले भोलि क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट विदा तोकिएको हो ।

यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो ।

तर, शनिबार मन्त्रीस्तरीय निर्णयबाट सबैलाई विदा दिने निर्णय गरिएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।