बन्द गराउदै हिडेका ११ माओवादी कार्यकर्ता पक्राउ

पुस ७, काठमाडौँ – उपत्यका बन्दका क्रममा काठमाण्डौको बिभिन्न स्थानबाट नेकपा माओवादीका ११ जना नेता कार्यकर्ता पक्राउ परेका छन ।

पेट्रोलिय पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ताको माग गर्दै आह्वा गरिएको बन्दका क्रममा बानेश्वर, कोटेश्वर, गोम्गबु लगायतका स्थानबाट ११ जना पत्रलाउ परेका छन् । पक्राउ पर्नेहरुमा केन्द्रीय सचिब राम बहादुर बिक, उपत्यका संयोजक लोकेश बिक, केन्द्रीय सदस्य केसब सन्जेल , क्यापस जिल्ला कोषाध्यक्ष कृष्ण सेवा र जिल्लाका कोषाध्यक्ष प्रज्वल शाही लाई गिरफ्तार गरेको छ ।

महानगरिय प्रहरी परिसर रानिपोखरीका एसपी प्रद्युम्न कार्कीले बन्दगर्दै हिँडेको क्रममा पक्राउ परेको बताउनु भयो ।उपत्यकाका केही ठाउँमा भने सार्वजनिक गाडी हिजो अस्तीको तुलनामा कम चलेका छन ।

नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पेट्रोलिय पदार्थमा बढाइएको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने, बजार भाउ नियन्त्रण गर्नु पर्ने लगायतका माग राखेर आज उपत्यका बन्द आव्हान गरिएको जनाएको छ ।