निरनजनको व्यापार यात्रा, दाङ देखि काठमाडौँसम्म

काठमाडौं – १२ बर्ष देखि मोवाइलको व्यापार गर्दै आएका निरनजन श्रेष्ठ युवा ब्यबसायी हुन् । उनको व्यापारको सुरुवात दाड हुदै अहिले काठमाडौं सम्म आइपुगेको छ ।

दाडको घोराहिबाट व्यपार सुरु गरेका उनले हाल काठमाडौंमा केन्ट मल्टिट्रेड प्रा।लि को मार्फतबाट नेपाली सेवाग्राहिरुलाई सुलब तथा सुपथ मूल्यमा साधरण देखि स्मार्ट फोन सम्म सेवा दिदै आएका छन् । सुरुवाती दिनमा नोकिया मोवाइलको डिलर गरेका श्रेष्ठ केन्ट मल्टिट्रेड प्रा।लि का म्यनेजिड हारेक्टर हुन् ।
हाल उनको कम्पनीले भारतीय मोवाइल रेजको नेपालका लागि आधिकारीक बिक्र्रता हो भने उनीहरुको आफ्नै केन्ट मोवाइल पनि रहेको छ । नेपाली बजारमा महिनामा १० देखि १५ हजार मोवाइल बजारमा गइरहेको श्रेष्ठले बताए । नेपाली बजारमा मोवाइलको र्माकेट राम्रो रहेको उनको बुझाइछ ।
हरेक वर्गका मानिसहरुका लागि आफ्नो कम्पनीले मोवाइल बजारमा ल्याएको उनले बताए ।