स्याङ्जाली गायक लोकनाथ सापकोटाको नयाँ कोशेली ‘आइ लभ यू स्याङ्जा’

lok

मंसिर २६, काठमाडौं – नेपाली लोक गीतमा नाम चलेका लोक गायक हुन लोक नाथ सापकोटा । लोक गीत मार्फत राष्ट्रियता झल्कने गीत गाउन रुचाउने गायक सापकोटाले पछील्लो समयमा आफ्नो जन्म भुमी स्याङ्जा जिल्लाको बारेमा गीत रचना गरेका छन । सापकोटाले समग्र रुपमा स्याङ्जा जिल्लाको भौगोलिक तथा सस्कृतिक बारेमा बयान गरी तयार पारीएको लोकगीत  WE LOVE YOU / I LOVE YOU   स्याङ्जाको अडियो बजारमा ल्याएका छन ।

स्याङ्जा जिल्लामा भएका प्रसिद्द देबी देबता लगायत स्रवन कुमार, अन्धा अन्धी, पञ्चासे, आधिखोला, सतौ चन्डीथान, चित्रे भञ्ज्याङ, चण्डी भञ्ज्याङ, सतौकोट, नुवाकोट लगायतका सम्पूर्ण क्षेत्रको बारेमा गीतमा उल्लेख गरियको छ । प्रक्रिती र सस्कृतिक रुपमा धनी स्याङ्जा जिल्लाका छहरा, पखेरा, मुलको बयान गीतमा गरिएको छ ।

गीतको रचना र संगीत स्वयम सापकोटा आँफैले गरेका हुन । गीतमा सापकोटा र तारा शिरिसको स्वर रहेको छ । गीतको भिडियो हाल छायाँकनको क्रम्मा रहेको कुरा सापकोटाले बताए । भिडियोको निर्देशन समेत आँफैले गरेका छन ।

……………….अडियो सुन्नलाई तल क्लिक गर्नुहोस्  ।