एन्फाको चरम गैरजिम्मेवारीले नेपालको गुम्यो एएफसी कप

मंसिर २४, काठमाडौं –  अखिल नेपाल फुटबलसंघलाई पटक–पटक जानकारी गराए पनि उसले कुनै जवाफ नपठाएपछि एसियाली फुटबल महांसघ (एएफसी)ले आयोजना गर्ने एएफसी कप खेल्नबाट नेपालको थ्री स्टार क्लब वञ्चित भएको छ ।

एएफसीले २६ सेप्टेम्बरमै एन्फालाई पत्र लेख्दै एएफसी कप प्ले अफका लागि टिम नोमिनेसन गर्न पत्र पठाए पनि एन्फाले कुनै जवाफ दिएन् । त्यसपछि एएफसीले थ्री स्टारलाई छनोटमा विजेता बनेकामा बधाई दिँदै पुनः एन्फालाई २१ नोभेम्बरमा पत्र पठाउँदै २३ नोभेम्बरभित्र टिमको नामका लागि आवश्यक प्रक्रिया पूरा गर्न अर्को पत्र लेखेको थियो । त्यसमा पनि एन्फाले कुनै जवाफ नपठाएपछि एएफसीले नेपालको नाम हटाउँदै बुधबार प्रतियोगितामा भाग लिने ३८ टिमको नाम सार्वजानिक गरेपछि नेपालको सम्भावना प्राविधिक रूपमा समाप्त भएको छ । यो खबर हामीले आजको राजधानी र कान्तिपुरबाट लिएका हौ।
एएफसीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले निर्धारित समयसीमामा क्लब दर्ता नगरेको भन्दै प्रतियोगिताबाट अलग गरिएको जानकारी गराएको थियो ।
थ्री स्टार सहभागी हुन नपाउने भएपछि नेपाली फुटबलको चरम अपरिपक्वता उजागर भएको छ । एएफसीले आयोजना गर्ने महत्वपूर्ण प्रतियोगिताको मौका गुमाउँदा क्लब र खेलाडीको भविष्यमाथि नै प्रश्न उठेको थ्री स्टारका महासचिव सञ्जीव शिल्पकारले बताए । उनले भने, ‘एएफसीले सबै जानकारी एन्फालाई पठाउँछ । हामीले एन्फालाई पटक पटक ताकेता ग¥यौं के हुँदै छ भनेर, तर त्यसको एन्फाले आधिकारिक जानकारी दिएन् ।’ उनले आपूmहरूले एन्फलाई आधिकारिक पत्र लेखेको भन्दै त्यसको जवाफको प्रतीक्षामा रहेको बताए । उनले भने, ‘अध्यक्ष नरेन्द्र श्रेष्ठले अन्तिम प्रयास गरिरहेको र झिनो आशा बाँकी रहेको मलाई म्यासेज आएको छ ।’ यदि नेपालले यो मौका गुमायो भने यो नेपाली फुटबलका लागि असाध्यै दुर्भाग्यपूर्ण हुनेछ । उनले लापरबाहीको चरम नमुना भएको र पटक पटक ताकेता गरे पनि त्यसको सुनुवाइ नहुन दुःखद् भएको बताए ।
एन्फा सीईओ इन्द्रमान तुलाधरले एएफसीले पटक पटक पत्र पठाएको स्वीकार्दै भने, ‘हाम्रो मिसअन्डर इस्ट्यान्डिङ भयो । नयाँ पठाउने कि थ्री स्टारलाई पठाउने भन्नेमा स्पष्ट हुन सकिएन ।’ उनले पछि फेरि पत्र आएको र थ्री स्टार छनोट भएकाले नाम पठाउन पुनः आग्रह भए पनि त्यसमा के भएर पुनः पठाइएन भन्ने विषय छानबिन गरिने बताए । यो त चरम गैरजिम्मेवारी भएन र भन्ने राजधानीको प्रश्नमा उनले भने, ‘एन्फाले नैतिक रूपमा जिम्मेवारी लिन्छ । त्यसमा हामी एकदमै सिरियस छौं, अध्यक्ष र महासचिव आएपछि छलफल गरेर कारबाही गर्नुपर्ने अवस्था आए त्यसमा पनि एन्फा अघि बढ्नेछ ।’
यद्यपि, एन्फाले विशेष आग्रह गरेकाले र एएफसी अध्यक्षले पत्र पठाउन भनेकाले गर्दा केही आशा रहेको उनले बताए । सोहीअनुसार पत्र पठाइसकेको भन्दै सकारात्मक जवाफ आउने आशा भने बाँकी रहेको तुलाधरले बताए । अध्यक्ष र महासचिव शुक्रबार नेपाल आएपछि छलफल गर्ने तुलाधरले जानकारी दिए ।