सौगातको ‘शब्द’को ट्रेलर यस्तो बन्यो

काठमाडौं – सौगात मल्ल अभिनित ‘शब्द’ फिल्मको ट्रेलर रिलिज भएको छ। रिलिज भएको ट्रेलर फिल्म प्रेमकथा भएको संकेत गरेको छ। फिल्म पुस २९ गते रिलिज हुनेछ।

फिल्ममा सौगातका साथमा कमली वाइवा, ए गुरुङ, अनुभव रेग्मी, ओशिन भट्टराई आदिको अभिनय रहेको छ। फिल्मलाई सन्तोष शिवाकोटीले निर्देशन गरेका हुन्।
छिरिङ दोर्जे लामाले निर्माण गरेको फिल्ममा राजनराज शिवाकोटी र गैरे सुरेशको संगीत छ । द्वन्द्व निर्देशक एनबी महर्जनले गरेका छन्। प्रदिप श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा शिव ढकालले क्यामेरा चलाएका छन्।