नेपाली संगीतको बजारमा यो सातादेखि एउटा नयाँ गीतले धुम मचाईरहेको छ । सुदुर पश्चिमको भाषालाई हल्का फयुजन गरेर आएको छ “तम्रो आखा गाजले, नहेर मलाई लाजल, तम्लाई चट्ट सलाम छ ।” गायक समीर आचार्य र गायीका टिका प्रसाईँको स्वर रहेको यो गीतको भिडीयोमा अहिलेकी सुपर हट नायिका नम्रता सापकोटा र मोडेल निराजन प्रधानलाई देख्न सकीन्छ जसलाई मोहन अधिकारीले निर्देशन गरेको छन् । यो भन्दा अगाडी हैन भन्देउ न माया र दुनीया बेग्लै छ जस्ता सुपरहीट गीत गाईसकेका समीर आचार्य यो पटक अझै निखारीयर नेपाल र नेपालीको मन जीत्ने गरी आएका छन । समीर भन्छन “यो गीतले अहिले मुलुकमा भईरहेको आन्दोलन पनि रोक्नेछ, दिनभर आन्दोनल गरेर थाकेका आन्दोलन कर्ताहरु घरमा गएर यो गीतमा मस्त हुन्छन ।” नेपाली लोकधारमा आधारीत भएर पप फेलेबरमा बनेको यो सुदुरको गीतमा पूर्बको मान्छे नाच्नेछ भन्ने पक्का विश्वास भएको कुरा समीरले बताए ।.. भिडियोको लागि तल क्लीक गर्नुृहोस ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व