राप्रपामा प्रवेश गरेकी कोमल ओलीको लगन मंसिरमा ! को हो उनको दुलाह ?

काठमाडौँ – गएको तीजमा गायिका कोमल ओलीको नयाँ गीत आयो । ‘अब पोइ चाइयो भनेर गीत गाउने मेरो लास्टै चोटि हो ।’ गीतमा गायक पशुपति शर्माले कोमललाई ‘नेता बनेर देश चलाऊ किन चाहियो पोइ’ जवाफ फर्काउँछन् । उक्त गीतले धेरैको ध्यान तान्यो । गीत सुनेपछि कोमलले यो वर्ष विवाह हुने भन्ने सांकेतिक खबर दिएको जस्तो लाग्थ्यो ।

समय बित्दैसँग उक्त गीतका केही भाका वास्ताविकतामा परिणत हुन थालेका छन् । अनन्त कोमल ओली सोमबारबाट औपचारिक रुपमा राप्रपाकी नेतृ भइन् । राप्रपाले उनलाई फूलमाला लगाएर पार्टी प्रवेश गरेकोमा स्वागत गर्यो । अब विहे पनि हुने हो त ? मंसीर पनि लाग्यो । यो प्रश्नमा ओलीले लजाउँदै जवाफ दिइन्, ‘यो मंसीरमा जुर्ला जस्तो छ ।’
यतिबेला गायिका ओलीलाई राप्रपाबाट गलामा फूलमाला लगाएपछि अब गलामा लगाएको मालालाई कत्तिको निर्वाह गर्न सक्छु भन्ने कुराले सताइरहेको छ । मानिसहरुको विभिन्न किसिमका टिकाटिप्पणीलाई चिदैँ कोमलले भनिन्, ‘म एक्कासी राजनीतिमा आएको होइन । मलाई राजनीति गर्ने पहिलैबाट इच्छा थियो । भविष्यमा केही गर्नुपर्यो भने राजनीति नै गरेर सेवा गरु भन्ने भावना थियो । मैले विद्यार्थी जीवनमा पनि पोलिटकल साइन्स पढेकी हुँ ।’
कोमल आफूलाई यही पार्टीबाट राजनीति गर्छु भन्ने सोच नभएको बताउँछिन् । उनको भनाईअनुसार कहिलेकाहीँ कुनैकुनै पार्टीका धेरै कुरा आफ्नो सोचसँग मेल खाने भएपनि त्यसरी झ्यापै पार्टीमा प्रवेश गर्ने सोच थिएन । राप्रपासँग पनि आफ्नो धेरै कुरा मेल खान पुगेको उनको भनाइ छ ।
राप्रपामा प्रवेश गर्नुको पहिलो कारण पार्टी एकीकरण भएको उनले बताइन् । त्यस्तै दोस्रो कुरा, उक्त पार्टीमा धेरै बौद्धिक व्यक्तित्वहरु भएकाले पनि उनी आकर्षित भइन् ।
डा.प्रकाशचन्द्र लोहनीदेखि लिएर कमल थापा सबै बौद्धिक व्यक्तित्व भएको कोमलको भनाई छ । राप्रपाको नेतृत्व पनि एकदम अनुशाशित भएको उनले दाबी गरिन् । कमल थापालाई आफूले विद्यार्थी जीवनदेखि चिनेको र उनीसँग आफ्नो धर्मप्रतिको आस्था पनि मिलेको उनले जानकारी दिइन् ।
नेपाललाई हिन्दू राष्ट्रको नाममा स्थापित गर्नु हामी सबैको एउटै आवाज भएको कोमल भन्छिन् । उनको अनुसार हिन्द्र राष्ट्र हुनु कुनै पार्टीको पेवा होइन । नेपालमा हिन्दूधर्मावलम्बिको अधिकांस बसोबास भएको देश हुनाले हिन्दू राष्ट्र बनाउने कुरामा कुनै पनि पार्टीले विरोध गर्नुपर्छ भन्ने नलाग्ने उनले बताएन् । आफू पनि महादेवको परम् भक्त भएको र धर्ममा एकदम विश्वास राख्नाले धेरै कुरा मिलेर ठीक छ भनेर यही पार्टीबाट राजनिती गर्ने सोच पलाएको उनी बताउँछिन् ।
राजनीतिमा आफू सस्तो लोकप्रियताका लागि नआएको उनले दाबी गरिन् । यो सबै समयले देखाउने कुरा भएकाले समयले अवश्य देखाउन भन्दै उनले थपिन्, ‘मलाई लोकप्रियता चाहिएको छैन । त्यस्तो लोकप्रियता क्षणिक हुन्छ, सधैँ दिगो रहन सक्दैन । आफैँले सही निर्णय गरेर लाग्ने हो भने पछि पश्चताप हुँदैन र अरुले भन्ने मौका पनि पाउँदैनन् ।’
मंगलबार बल्ल पार्टी प्रवेश गरेकाले आउँदा दिनमा आफूले काम पनि गर्न सक्नुपर्ने उनले बताइन् । यदि आफूले काम गर्न सकिएन भने मान्छेहरुले मलाई सस्तो लोकप्रियता कमाउन गएको भन्ने अनुमान लगाउने र राम्रो काम गरे स्याबासी पनि दिने कुरामा उनी ढुक्क छिन् । बाँकी कुरा उनले सबै समयको खेल भएको बताइन् ।
राजनीतिमा प्रवेश गरे पनि आफूले गीत संगीत नछोड्ने उनले वाचा गरिन् । उनले भनिन्, ‘गाउने कला मैले जन्मजात लिएर आएको गुण हो । गीत–संगीत त मेरो आखिरि साससम्म नै रहन्छ ।’
हिजोबाट एकदम धेरै जिम्मेवार महशुश हुन थालेको उनले बबताइन् । कलाकारिताभन्दा पनि मानिसहरुले आफूबाट राजनीतिको आशा गर्न थालिसकेको उनले अवगत गराइन् । पार्टीमा स्वागत गरेको दिन रातभर निंद्रा नलागेको कोमल खुलाईन् ।
जिम्मेवारीको भार बढ्दा बढ्दै विवाह त ओझेल पर्लाजस्तो छ भन्ने प्रश्नमा उनले हाँस्दै जवाफ दिइन्, ‘विवाह त ओझेलमै पर्ला जस्तो छ । मंसीर बल्ल लाग्यो । यता राजनीतिमा पनि आएँ अब त विवाहको साईत पनि जुर्ला । जिन्दगीमा धेरै कुरा अपरझट् भइरेहको छ । विवाह पनि अपरझट् मै यो मंसीरमा होलाजस्तो छ ।’ उनले सबैकुरा बताइरहदा दुलाहाको बारेमा भने खुलाउन चाहिनन ।