माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक लाजिम्पाटमा दिउँसो १ बजे बस्दै

Maoist-HQ-Meeting-1

मंसिर १०, काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । प्रचण्ड निवास लाजिम्पाटमा दिउँसो १ बजे बोलाइएको बैठकमा संविधान संशोधन, पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने छ ।

 

बैठकमा सरकारले संविधान संशोधनको अन्तिम तयारी गरिरहको अवस्थामा पार्टीको धारणा बनाउन लागेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनमा सहयोग नगर्ने स्पस्ट पारेपछि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड संकटमा परेका छन् ।

 

भोली बस्न लागेको पोलिटव्युरो बैठकको तयारी र बैठकको एजेन्डासमेत बैठकले टुंगो लगाउने छ ।