इजरायलको तेस्रो ठूलो शहर हैफाको जंगलमा भिषण आगी

मंसिर १०, काठमाडौं  – इजरायलको तेस्रो ठूलो शहर हैफाको जंगलमा लागेको भिषण आगोका कारण दशौं हजार मानिसलाई सुरक्षित स्थानमा लगिएको छ ।

 

दुई महिनका खडेरीपछि शहरको दक्षिणमा लागेको हावाले आगो नियन्त्रण बाहिर गएको छ । जंगलको आगोका कारण जेरुशलम तथा पश्चिम तटमा खतरा उत्पन्न भएको छ ।

 

इजरायलका प्रहरी प्रमुखले आगो जानाजानि लगाइएको हुनसक्ने बताए । प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले यस्तो आगजनीलाई आतंकवाद मानिन सकिन्छ ।

 

हैफाको उत्तरी जिल्लामा आगोले ठूला ठूला भवनसमेत जलाएको छ ।