टिका र टंकको नयाँ गीत ‘कान्छी रे’ …. (हेर्नुस भिडियो)

प्रकृति दाहाल 

काठमाडौँ – करिब वाह्र वर्ष अघि देखि संगीत क्षेत्रमा प्रवेश गरेकी गायिका टिका प्रसाई अहिलेकी चल्दबल्दा गायिकामा परिचित हुन् थालेकी छिन । उनको आवाजले भरिएको अहिले बजारमा “कान्छी रे” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिको छ । गायिका टीकालाई गायक टंक बुढाथोकीले साथ दिएका छन् । गीतमा शब्द संगीत गायक बुढाथोकी कै रहेको छ ।

Tika & tank
सो गीतको म्युजिक भिडियो जीवन रसाइलीले गरेका हुन् भने छायाङ्गकन र सम्पादन पनि जीवन कै रहेको छ । भिडियोमा अर्चना डेल्लल र दीपक परियारको अभिनय देख्न सकिनेछ ।
टिकाले यस अघि स्वदेशगान, आधुनिक, लोक लगायत विभिन्न चलचित्रमा गरी दर्जनौ गीतहरुमा आवाज रेकर्ड गराई सकेकी छन । केही समय अगाडी बजारमा आएको ‘ बिर्तामोडैमा ’तीजको गीत चलेछ मग मग वासना’ ‘तिमी मलाई मन पर्छ’ बोलको गीतले राम्रो चर्चा कमाएको थियो । उनको केहि समय अघि आएको मेलोडी एल्बमको गीत तिमि भन्छौ भने, परे माया जालैमा , सेल्फीको जमाना लगायतका गीतहरुले श्रोताको मन जित्न सफल गएको थियो । झापा तोपगाछीमा जन्मिएकी प्रसाई कर्मथलो राजधानी काठमाण्डौमा मेहनत र प्रयासका साथ निरन्तर गीत संगीतमा अगाडी बढीरहेकी छन ।

हेर्नुस भिडियो