प्राधिकारणले भन्यो- कुलेखानी नचलाई उपत्यका लोडसेडिङमुक्त

कार्तिक ३०, काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले कुलेखानी विद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन नगरीकन तिहारपछि काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएको छ । यो खबर हामिले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

लक्ष्मीपूजाको दिन कुलेखानीका दुवै आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिए पनि त्यसपछिका कुनै पनि दिन कुलेखानी पूर्ण क्षमतामा नचलाइएको विद्युत् प्राधिकरणको तथ्यांक छ । गत वर्षको तुलनामा कुलेखानी क्षेत्रमा यस वर्ष कम पानी परेकाले पानीको सतहचाहिँ कम रहेको प्राधिकरणले जनाएको छ ।
सञ्चित अवस्थामा रहेको कुलेखानीको पानी रित्याएर ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी चलाई प्राधिकरणले लोडसेडिङ हटाएको आरोप कतिपयले लगाउने गरेका छन् ।