पराजयपछिकाे पहिलो सम्बोधनमा के भनिन् हिलारीले ?

कार्तिक २५ , काठमाडौं –राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पसँगको पराजयपछि न्युयोर्कबाट सम्बोधन गर्दै हिलारी क्लिनटनले आफ्ना सर्मथक तथा सहयोगीहरुलाई धन्यवाद दिएकी छ्न्। ‘जसले यहाँसम्म पुग्न ठूलो सहयोग पुर्‍याए उनिहरु सबैलाई धन्यवाद।’
‘मैले डोनाल्ड ट्रम्पलाई फोन गरेर सँगै काम गर्ने बताएँ’, हिलारीले भनिन्। ‘सरी मैले विजय प्राप्त गर्न सकिनँ, तर अमेरिकन सपनाको लागि काम गर्ने मरो इच्छा कहिल्यै घट्ने छैन। ‘डोनाल्ड ट्रम्प अमेकिका नयाँ राष्ट्रपति हुन्।’ हिलारीले अगाडि भनिन्, ‘यो मुलुक महिला, इमिग्रान्ट, तेस्रो लिंङ्गी सबैको हो।’
विजयी भएपछि डोनाल्ड ट्रम्पले हिजो नै सम्बोधन गरेका थिए भने हिलारीले आफ्ना समर्थकहरुले सम्बोधन गरेकी थिइनन्। हारेपछि सम्बोधन नगरेको भन्ने विषयले समाजिक संजालमा क्लिन्टनको बिरोध समेत गरिएको थियो।
हिजो भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५ औँ राष्ट्रपतिमा विजयी भएका थिए।