संविधान संशोधनको समयसीमा माग्ने मोर्चाको तयारी

कार्तिक २४ , काठमाडौं –  मोर्चाले समयसीमा तोकेर संविधान संशोधनका लागि संसदमा प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गर्ने भएको छ ।
मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठक बिहीबार काठमाडौंमा बस्दैछ । सो बैठकमा संविधान संशोधनका लागि सउरकारले समयसीमा तोक्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
यसअघि मोर्चाका नेताले संविधान संशोधन प्रक्रिया सुरु गर्न छठसम्म पर्खने बताउँदै आएका थिए । छठ मनाउन जिल्ला गएका मधेसवावादी दलका नेता काठमाडौं फर्कन थालेका छन् । बुधबारसँगसम्म सबै मधेसी दलका शीर्ष नेता काठमाडौं आउनेछन् ।