मड्रिडले स्पेनिस ला लिगामा अलाभेसमाथि सहज जित, रोनाल्डोको हृयाट्रिक

 

ronaldo-1

कात्तिक १४, काठमाडौं  – क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा रियल मड्रिडले स्पेनिस ला लिगामा अलाभेसमाथि सहज जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिडले अलाभेसमाथि ४-१ गोल अन्तरको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा डेभिसनले सातौं मिनेटमा नै अलाभेसलाई अग्रता दिलाएका थिए । तर, जोगाउन सकेन । १७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले खेललाई बराबरीमा पुर्‍याए ।

३३ औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै पहिलो हाफमा टिमलाई २-१ को अग्रता दिलाए । खेलको ७९ औं मिनेटमा रोनाल्डोसामू हृयाट्रिक पुरा गर्ने मौका थियो, तर उनी पेनाल्टीमा चुके । उनको पेनाल्टी प्रहार आलाभेसका गोलकिपरले रोके ।

८४ औं मिनेटमा मोराटाले गोल गर्दै रियल मडिडको अग्रता बढाए । त्यसको चार मिनेटपछि नै रोनाल्डोले गोल गरे र हृयाट्रिक पुरा गर्दै टिमलाई ४-१ को जित दिलाएका छन् ।

जितपछि रियल मडिड १० खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको बार्सिलोनासँग २ अंकको दुरी छ ।