घर फर्कने क्रममा भारतीय भूमिमा नेपाली लुटिने क्रम यो बर्ष पनि यथावत

कार्तिक १४ , काठमाडौँ – रोजगारीका लागि भारत गएका नेपाली कामदार घर फर्कने क्रममा लुटिने घटनाले यस वर्ष पनि निरन्तरता पाएको छ ।पछिल्लो घटना दाङको पुरन्धाराका लोकबहादुर घर्तीसहित चार जना भारतीय भूमिमा लुटिएका छन् ।  सिमलाबाट घर फर्किने क्रममा घर्तीलाई हरिद्वारमा अपरिचित व्यक्तिले लुटेका हुन् ।
बिँडी खुवाई बेहोस बनाएर ११ हजार भारतीय रुपैयाँ र मोबाइल लुटेको घर्तीले बताएका छन् ।  नेपाल प्रहरीले नाकामा विशेष निगरानी गरेपछि यसपटक दशै तिहारमा लुटपाटका घटना केही कम भएको दाबी गरेको छ ।
यस वर्ष रुपैडिहाबाट नेपालगञ्जसम्मका बसपार्क, विभिन्न होटलमा सादा पोसाकका  जनशक्ति परिचालन गरेका कारण विगतझै लुटपाटका घटना हुन नपाएको बाँके प्रहरी प्रमुअ एसपी टेकप्रसाद राईले बताए ।आजको कारोबार दैनिकमा समाचार छ ।