नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराई हङकङ अध्यागमनको नियन्त्रणमा

 

Baburam-Bhattarai

हङकङ – पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई हङकङस्थित अध्यागमनले झण्डै एक घन्टा नियन्त्रणमा लिएको छ ।

 भट्टराईले यो नेपालीहरुमाथिको अपमान भएको भन्दै यसबारे चीनसँग गम्भीर कुरा गर्ने बताएका छन् ।

चीनमा भएको सिल्क रोडसम्पन्धी सम्मेलनममा सहभागी भएर पूर्व प्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमी र स्वकीय सचिव विश्वदीप पाण्डेसहित हङकङ पुगेका थिए ।

 तर, हङकङ अध्यागमनमा रोकिएका छन् । भट्टराईले बताए अनुसार उनलाई सरकारले रातो पासपोर्ट दिएको छ । तर, अधिकांश समयमा हरियो पासपोर्ट नै प्रयोग गर्ने गर्छन् ।

 हरियो पासपोर्ट देखेपछि हङकङ अध्यागमनका अधिकारीहरुले तीनै जनालाई अर्को कोठातिर इशारा गर्‍यो । ‘सजिलैसँग पठाउने भएछ’ भन्ने लागेर आफूहरु पनि गएको हङकङमा भएको एक कार्यक्रममा उनले सुनाए । भट्टराईले भने, जाँदा त कहाँ लग्यो भने पिपुल इन कस्टडी/पिपुल अण्डर इन्भेष्टिगेशनमा लगेर राख्छ । हामी त दंग पर्‍यौं ।

Baburam2

भट्टराईले बताए अनुसार त्यहाँ उक्त कोठामा राखेका उनीहरुलाई कुनै सोधपुछ भने गरेन । ‘एक घन्टा वित्न लागिसक्यो केही गर्दैन’ भट्टराईले भने, भर्चुअल कस्टडीमा राखेको जस्तो भो ।

उनले अघि भने, अलिअलि त सुनिथ्यो हरियो पासपोर्टबारे । हामी जस्तो मान्छेलाई त गर्‍यो भचने अरुको के होला भन्ने भएपछि के खोज्या भनेर कस्सिएँ ।

 त्यसपछि अध्यागमनका अधिकारीहरुले सरी मात्र भनेको तर, के गल्ती भयो भन्दा केही नभनेको उनले बताए ।

 पूर्व प्रधानमन्त्री भट्टराईले यो नेपाली पासपोर्ट र राष्ट्रकै अपमान भएको बताए । साथै यसबारे चीन सरकारसँग गम्भीर ढंगले कुरा उठाउने बताए ।

 नेपालीहरु लुकेर शरणार्थी हुने गरेकाले कडा गरेको भन्ने सुनेको भन्दै उनले नेपालमा झण्डै एक लाख तिब्बती शरणार्थी रहेको बताए । उनले भने, हाम्रो यहाँ कति २/४ हजार होला ।

 धनी गरिव जे भएपछि राष्ट्रिय स्वाधिनता र सम्मान बराबर भएको बताए । उनले भने, नेपालीको सम्मान गर्नुपर्छ । गरिव नै भएपनि शीर ठाडो पारेर बाँच्नुपर्छ ।