बालुवाटारमा चार दलको बैठक जारी

कात्तिक १३ काठमाडौं – प्रधानमन्त्री पुष्पकमलको आह्वानमा सत्तारुढ दल काँग्रेस–माओवादी केन्द्र र मधेशी मोर्चाका शीर्ष नेतावीच बैठक बसिरहेकाे छ।

 

pmprachanda

 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संविधान संशोधन, संविधान कार्यान्वयन, तीन वटै निकायको निर्वाचन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावको विरुद्धको बारेमा कसरी अघिबढ्ने विषयमा छलफल भइरहेकाे बताइएकाे छ।

 

बैठकमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेता र मोर्चाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति छ ।