नेपाल–भारत संयुक्त आयोगको बैठक आज नयाँ दिल्लीमा

 

कार्तिक ११, काठमाडौं –  नेपाल भारत नेपाल–भारत संयुक्त आयोगको बैठक आज नयाँ दिल्लीमा बस्दैछ ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपाल र भारतबीच यसअघि भएका सम्झौताका विषयमा छलफल हुनेछ । बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रकाश शरण महत हिजो भारत जानु भएको छ ।
छलफलमा विगतमा भएका सन्धि सम्झौता कार्यान्वयन तथा गण्डक सम्झौताको विषयलाई प्राथमिकताका साथ उठाउने नेपालको तयारी छ । हिजो परराष्ट्रसचिव स्तरीय बैठकले आजको बैठकका लागि एजेण्डा तय गरेको छ ।
दुई देशबीचको सम्बन्धबारे निरन्तर छलफल र संवाद गर्दै समृद्ध पार्ने उद्देश्यले स्थापित आयोगको करिब दुई दशकसम्म बैठक हुन सकेको थिएन । दुई वर्षअगाडि नेपालमा आयोगको बैठक गरेर २३ वर्षदेखि रोकिएको बैठक सुरु भएको थियो ।
आयोगमा दुई देशबीचको सम्बन्धमा देखा पर्ने सबै प्रकारका अप्ठ्याराबारे छलफल हुने गर्छ । बैठकमा दुई देशका गृह, वाणिज्य, ऊर्जा, परराष्ट्र, पर्यटन लगायतका मन्त्रालयका प्रतिनिधिहरूको समेत सहभागिता हुनेछ ।