कश्मिरमा तनव ३ जनाको मृत्यु

 

 

कात्तिक ८ – भारत पाकिस्तानबिचको कश्मिरको सीमा रेखामा फेरि गोलि हानाहान भएको छ । आइतबार भएको घटनामा दुबैतर्फका गरी तीनजनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ । भारतीय पक्षले गोली हानाहानमा आफ्ना

एक सेना मारिएको दाबी गरेको छ भने पाकिस्तानले एकजना बच्चा र अर्का एकको ज्यान गएको दाबी गरेको छ । भारतीय सीमा सुरक्षा बलले आफ्ना एक सेना घाइते भएको बताएको छ । दुबै पक्षले गोलाबारी सुरु गरेको आरोप एक अर्कालाई लगाएका छन् ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले पाकिस्तानी सुरक्षा फौजले सीमा क्षेत्र कश्मिर र जम्मुका १३ चौकीलाई निशाना बनाई आक्रमण गरेको आरोप लगाएको छ । पाकिस्तानले पनि भारतीय सुरक्षा फौजले रातभर फायरिङ गरेको आरोप लगाएको छ ।