चितामा जलाउन ठिक्क पारिएको शव नियन्त्रणमा !

कात्तिक ५, कामठाडौं – श्रीमती र सालाले मिलेर हत्या गरेको छिमेकीको उजुरीका आधारमा कैलाली प्रहरीले चितामा जलाउन ठिक्क पारिएको शव नियन्त्रणमा लिएको छ ।धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको शव मोहना आर्यघाटमा चितामा जलाउन  ठिक्क पारेका बेला त्रिनगर सीमा प्रहरी चौकीले नियन्त्रणमा लिएको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिएको छ ।
कैलाली धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडका नारायण र उनी श्रीमतीको १२ वर्षदेखि बोलचाल बन्द थियो । भारतीय सहर गौरिफन्टाबाट सामान बोक्ने दुर्गाले बेरोजगार पतिलाई बोझ ठानिरहेको छिमेकीले बताएका छन् ।आजको अन्नपूर्ण  पोष्टमा खबर छ ।