देउवाद्धारा महाअभियोगको प्रस्तावको पक्षमा निर्णय लिने संकेत

कात्तिक ५, कामठाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले राजाकालीन शाही आयोग भन्दापनि अपवित्र ढंगले अख्तियार चलाएको भन्दै उनीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावको पक्षमा निर्णय लिने संकेत दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै देउवाले अख्तियार प्रमुख कार्कीलाई आफूले धेरैपटक सम्झाउँदा समेत नमानेको दुःखेसो पोखेका थिए ।

उनले कार्की राजा भन्दापनि अघि बढेर निरंकुश शैली अपनाउन खोजेको भन्दै उनी बिरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावको विपक्षमा पार्टी जान अप्ठ्यारो पर्ने बताएका हुन ।

देउवाले महाअभियोगको प्रस्ताव दर्ता हुदैछ भन्नेबारे आफूलाई प्रमुख विपक्षी दलका नेता केपी ओलीले प्रष्ट नभनेको बैठकमा जानकारी दिएका थिए ।

‘ओलीजीले हिजो (बुधबार) बेलुका म र प्रधानमन्त्रीजीलाई बोलाउनु भयो । मैले ठाने स्थानीय तहको पुनःसंरचनाको विषयमा छलफल होला । तर, एकैचोटी लोकामानजीले गलत काम गरे महाअभियोगको प्रस्ताव ल्याउनु पर्छ भन्नुभयो’, देउवाले बैठकमा भनेको भनाई उद्धृत गर्दे स्रोतले भन्यो, ‘महाअभियोगको प्रस्ताव आएको जानकारी प्रधानमन्त्रीजीले राति १० बजे टेलीफोन गरेपछि मात्रै थाह भयो ।’

देउवाले आफ्नो पार्टीको बैठक बस्दै गरेकाले त्यहाँ सम्म पर्खन आग्रह गरेको बताएका थिए ।आजको कान्तिपुर दैनिकमा खवर छ ।

बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रमुख आयुक्त कार्कीको कामकारवाही अदालतको न्याय सम्पादनलाई असयोग गर्ने खालको भएकाले तत्काल सभापतिले प्रस्ताव ल्याएर महाअभियोगको प्रस्तावको पक्षमा निर्णय लिनुपर्ने माग राखेका थिए ।

‘यसमा धेरै छलफल गराईराख्न आवश्यक छैन, सभापतिजीले प्रस्ताव ल्याएर निर्णय लिनुपर्छ’, सिटौलाको भनाई थियो, ‘अदालतको न्याय सम्पादनमा जसरी उनले असहयोग गरेका छन यसलाई बचाउन सकिदैन ।’

बैठकमा कांग्रेस नेता गगन थापा कार्कीको नियुक्तिमा ऐतिहासिक गल्ती भएको बताउँदै त्यसलाई सच्चयाउने अवसर आएको बताए ।

अख्तियार प्रमुख कार्कीले राज्य संयन्त्रलार्य नै भ्रष्ट बनाएको बताउँदै पार्टीले घाटा नाफा नहेरी महाअभियोगको प्रस्तावको पक्षमा निर्णय लिनुपर्ने बताए ।