धर्मदेखि राजनीतिसम्म पूर्वराजा ज्ञानेन्द्रको भाषण

 

 

कात्तिक ४, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले राजगद्दी त्यागेको आठ वर्षपछि पहिलो पटक सार्वजनिक रुपमा सम्बोधन गर्नुभएको छ । उहाँले विश्व हिन्दु महासंघले काठमाडौंको वनकालीमा गरेको अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलनको उद्घाटन गरी सम्बोधन गर्नुभएको हो । उहाँले देशमा निषेधको राजनीति गरेमा देशमा विद्रोह हुने चेतावनी दिनुभएको छ । उहाँले सनातन हिन्दु धर्ममार्फत आफूहरुले देशमा स्थायित्व खोजेको तर उपेक्षा गरेमा विद्रोह हुने र त्यसले देशमा असन्तुलन निम्त्याउने चेतावनी दिनुभएको हो ।
२०६५ जेठ १५ मा संविधानसभाबाट गणतन्त्र घोषणा भएपछि जेठ २९ मा ज्ञानेन्द्रले दरबार छाड्नुभएको थियो । त्यसपछि विभिन्न तीर्थस्थलको भ्रमण गर्ने क्रममा सञ्चारमाध्यममा केही प्रतिक्रिया दिँदै आएका ज्ञानेन्द्रको यो पहिलो सार्वजनिक सम्बोधन हो ।

पूर्व राजाको ज्ञानेन्द्र के के भने त .!

जगतगूरु शंकराचार्य, मठाधिश, पिठाधिश, गूरुवाचार्य र यस अन्तरराष्ट्रिय विराट हिन्दु महासम्मेलनमा उपस्थित हूनूभएका ओमकार परिवारका धर्मगूरु तथा हिन्दु दर्शनका चिन्तकहरु ।
धार्मिक, दैविक र प्राचिन ऐतिहासिक तथ्य बोकेको नेपाल भुमिमा आई समारोहको उद्घाटन गर्ने अवसर प्रदान गर्नू हूने अन्तरराष्ट्रिय विराट हिन्दु महासम्मेलन आयोजक तथा यहां उपस्थित सबै धर्मपरायण, संघ संस्था तथा आस्थाका पात्रहरुप्रति पनि म आभार व्यक्त गर्दछु ।
हिन्दु धर्म एवं दर्शन विश्वकै महान र उदार छ । अध्यात्म जीवन पद्धति विश्वकै निम्ति अनूकरणीय छ । सनातन मान्यता, मौलिक विशेषता र आफ्नै प्रकारको उदार आस्था तथा आदर्श हाम्रो धर्मको सार संक्षेप हो भन्ने मलाई लाग्दछ । विश्वको यो प्राचिन ऐतिहासिक पाशूपत क्षेत्रमा विश्वकै अग्रगन्य आचार्य, गूरु, सन्त, महात्मा, पिठाधिश, मठाधिश एवं विद्धान विवेचकहरुको भेला हूनू आफैमा स्तूत्य कार्य हो । म यहां पाल्नू भएका जगतगूरु शंकराचार्य, मठाधिश, पिठाधिश, गूम्वाचार्य र विभिन्न आश्रम प्रमूख धर्माधिमहरुप्रति हार्दिक नमन गर्न चाहन्छु ।
धर्म जो धारण गरिन्छ त्यसको धेरै कारण छन् । आत्म उन्नति, परमार्थ र परमपुण्य मात्र होईन, धर्मले राष्ट्र, समाज एवं सामाजिक सद्भावको आवश्यकतालाई पनि उजागर गर्दछ । राष्ट्रको आस्था, अखण्डता, एकता, सहिष्णूतालार्ई अभिवृिद्ध गर्न र आन्तरिक एवं अन्तरराष्टिय सद्भावको प्रवद्र्धन गर्न पनि यस्तो सम्मेलनले महत्वपुर्ण भुमिका खेल्नू पर्दछ भन्ने मेरो धारणा छ ।
सम्पुर्ण हिन्दु दर्शन एवं संस्कृतिमा हिमाललाई देवभुिम मानिएको छ । त्यसको मध्यमणि समान विविधताले नेपाल स्थापना गरि हिमालको शोभा र नेपालको महत्व बढाएको छ । यसै धार्मिक भावनाबाटै नेपालले देवभुमि, तपोभुमि, योगभुमि भन्ने नाम पाएको छ । हिन्दु अनूयायीका आराध्यदेव पशूपतिनाथले यसैकारण आफ्नो संरक्षणमा राख्नूभएको छ । चारै वेद, उपनिषद, अठार पूराण, भावगत् गीता, रामायण, महाभारत आदि गन्थ्रहरु र ऋषि, ऋषिका, महर्षि, सन्त, महन्त, महापूरुषहरु कैलाश पर्वतदेखि गंगाको मैदान हूदै कन्याकूमारी सम्मका उपज हून् । अनादिकालदेखि चल्दै आएको वैदिक सनातन हिन्दु धर्म ओमकार परिवारमा वौद्ध, किरांत, प्रकृतिपूजक, जैन, शिख, आदि समष्ठिहित केन्द्रित अध्यात्मवादको उद्गम पृष्ठभुमि हो ।
गूरु गोरखनाथको आशिर्वाद प्राप्त यो भुमिमा हामी एकत्र भएका छौ । नेपाल हिन्दु, बौद्धहरुको लागि सधै प्रेरणाको अक्षय श्रोत हो । आज हाम्रो धर्म, संस्कृति माथि कालो बादल मडारिएको छ, तसर्थ हाम्रो परम्परागत धर्म, संस्कृति र सभ्यतालाई पूनंजागृत र सूसंस्कृत बनाउन एकवद्ध गर्नू पर्ने खांचो देखापरेको छ ।
जूनसूकै यूग, देश र कालमा पनि सत्य, सत्य नै रहन्छ त्यसैगरि असत्य, असत्य नै । यो कूरा हाम्रा ऋषि महर्षिले सिकाएका हून् र मानव मात्रले अनूभव गरिआएको कूरा हो । आफ्नो भाषा, इतिहांस, धर्म, दर्शन र संस्कृति देशका धरोहर हून्, वैभव हून् र प्राण हून् । यिनको समूचित रुपमा संरक्षण, संवद्र्धन र समादर गरेर नै आफ्नो मूलूकलाई ओजस्वी, तेजस्वी बनाउन हामी सबै जागृत हूनू परेको छ ।
हाम्रो दर्शनलाई नयां बा६ो चाहिएको छैन । तर नयां सोच अवश्य चाहिएको छ । यस्तो सोच होस् जसले पूरानै बा६ोमा हामी अगाडि बढ्न सकौं । नयां दायित्व होइन तर यस्तो शक्ति होस् जसले भइरहेकोलाई सजिलोसंग फैलाउन सकोस् । भविष्य भनेको एउटा सेतू होस् जसमा आस्था र विकासको जरा, मानवीय अनूभव र आत्मीयताले भरिभराउ होस् ।
कहिल्यै पराजित नभएको नेपाल, कूनै बेला विश्व शान्ति, आध्यात्म संचेतना र सहिष्णूताको उपमा थियो भने, आज हामी कून अवस्थामा छौ भनेर सोच्नैपर्ने बेला आएको छ । राष्ट्रको समग्र परिस्थिति र वितेका केही वर्षका राजनीतिक गतिविधि समेतलाई दृष्टिगत गर्दा चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहिन यात्रा हाम्रा निम्ति अभिशाप सिद्ध भएका छन् । यस्तो विषम, जटिल र क्लिष्ठ परिस्थिति किन र कसरी श्रृजना भयो, यसका कारक तत्व के के हून्, भन्ने कूरा, अव नेपाली जनताले नै प्रश्न गर्नू पर्ने वेला भएको छ । सनातन धर्म, संस्कृति र सभ्यताको प्राचिन भुमि नेपालले आफ्नो मौलिक चिनारी हजारौ वर्षको पूरानो सभ्यता, परम्परागत धर्म, संस्कृति तथा राष्ट्रियता प्रतिको संवेदनशिलतालाई ह्दयगम गरेर सबै मिलि अघि बढ्ने हो भने हामी पूनः दिगो शान्ति, स्थिरता र स्वाभिमानको रक्षा गर्न सक्दछौ ।
राजर्षि जनकका आदर्श, वूद्धका वाणि, स्वामी विवेकानन्दका विचार तथा अन्य अनेकौ विद्धान र विदूिषहरुले देखाएको बाटो र हजारौ वर्षदेखि हाम्रा पुर्वजवाट विरासतमा प्राप्त सदगूण र सदविचार, अनूशरण गर्दै अगाडि बड्न सके मात्र ज्ञान र विज्ञानका बीच सन्तूलन कायम गर्न सक्दछौ । गाई, गंगा, गूरु, गायत्री, वेद, उपनिषद, गीताका पूजक सनातन हिन्दु अनूयायीका रुपमा प्रश्न गर्न चाहन्छौ कि विश्व मानचित्रको हिन्दु तथा बौद्ध अग्रणी नेपाल तथा समस्त हिमवतखण्डको संरक्षण कसरी हून सक्दछ ? दूई ठूला छिमेकीको धार्मिक, सांस्कृतिक, आध्यात्मिक सम्बन्ध सेतू हिमवत खण्ड नेपालको धर्म, संस्कृति, सभ्यता र आध्यात्मको केन्द्र जोगाउने के सामूहिक दायित्व भित्र पर्दैन ?
तराईमा वसोवास गर्ने नेपालीहरु आफ्नो धार्मिक साध्य पूरा गर्न पहाडी र हिमाली क्षेत्रमा अवस्थित मूक्तिनाथ, गोसाईकूण्ड, हलेषी र पाथिभरा जस्ता पवित्र तिर्थ स्थलसम्म पूग्छन् भने, हिमाली र पहाडी क्षेत्रमा वसोवास गर्ने नेपालीहरुको पवित्र धाम जनकपूर र लूिम्वनी रहेकोछ । यसरी हामी नेपालीलाई धार्मिक दृष्टिले पृथक भुगोलप्रति आस्था, विश्वास र भरोसाको कडीले एउटै सूत्रमा बूनेको छ । सनातनि हिन्दुहरु जो जहां छन् त्यही सूसंस्कृत, सभ्य र शान्त छन् । जहां हिन्दु हून्छन् त्यहां शान्ति र सद्भाव हून्छ । असत्यलाई निरुत्साही गर्दै सत्य स्थापित हूदै जान्छ भन्ने उक्तिको चरितार्थ गर्दै विश्वमा उत्पन्न तनाव, विवाद र सघर्षको स्थितिलाई न्युनिकरण गर्न आव्हान गर्दछू । हाम्रो साझा र एकताबद्ध प्रयासले मात्र विश्वको शान्ति, सभ्यता, मानवता, मानवोचित व्यवहार र समृद्धिको जगेर्ना गर्न सक्दछ ।
आज विश्वमा प्रकृतिले भोगेको विपन्न र असन्तूलनलाई सम्वोधन गर्ने दायित्वबाट मानवजाती पन्छिन सक्दैन । हाम्रो दर्शनले हामीलाई त्यसको संरक्षणको दायित्व सूिम्पएको छ । दर्शन बारे कोरा बहस हाम्रो लक्ष होईन र हूनू पनि हूदैन । यस दर्शनबाट हामी कसरी निर्देशित हूने, जीवन र जगत अनि राष्टप्रति हाम्रो दायित्व के हूने यी विषय आजको सन्दर्भमा अझ बढी गभ्भिर बन्न पूगेका छन् । हाम्रो दर्शनले हामीलाई सधै अगाडि बढ्न निर्देशित गर्दछ तर व्यवहारमा निषेधको राजनीति आदि अगाडि बढाईन्छ भने त्यसले राष्टमा असन्तूलन निम्त्याउदछ । असन्तूलनले उपेक्षा जन्माउदछ र उपेिक्षतहरुमा विद्रोह जन्मिन सक्दछ । आजको यो स्थिति र हाम्रो दर्शनबीच हामीले आफूलाई राखेर हेर्न सक्यौ भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सूधार्न सहज हूनेछ ।
अन्त्यमा बहूजन हिताय, बहूजन सूखायको मूल मंत्रलाई आत्मसाथ गर्दैं अगाडि बढ्नूको हामीसंग विकल्प छैन । हामी सबै सनातनी ओमकार परिवारहरु यहि साध्य प्राप्तिका लागि कर्मठ प्रयासमा जूटौं । श्री पशूपतिनाथले धर्म संस्कृतिको पूनरुत्थान गर्नमा हामी सवैलाई शक्ति प्रदान गरुन् ।
जय नेपाल ।