पूर्वराजा ज्ञानेन्द्रको कडा चेतावनी

 

कात्तिक ४, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीतिले असन्तुलन निम्तने र त्यसले विद्रोहको रुप लिने चेतावनी दिएका छन् ।

‘हाम्रो दर्शनले हामीलाई सधैं अगाडि बढ्न निर्देशित गर्दछ । तर यदि निषेधको राजनीति अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्ताउँदछ । असन्तुलनले उपेक्षा जन्माउँदछ र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्दछ,’ उनले अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलनलाई विहीबार सम्बोधन गर्दै भने ।