चक्रपथ आयोजना, ३६ महिनामा १२ प्रतिशत काम

कात्तिक २,काठमाडौँ – अरनिको र पृथ्वी राजमार्ग जोड्ने कोटेश्वर-कलंकी सडकखण्ड निर्माण सुरु भएको झन्डै ३ वर्ष बितेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

तर जम्मा १२ प्रतिशत काम मात्र सकिएको छ। काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार कोटेश्वर कलंकी सडकखण्डमा पुल निर्माण र सडकको दायाँ बायाँ खाल्डो खन्ने काम गरी १२ प्रतिशत मात्र सकिएको छ। २२ पुस ०६९ मा संझौता भएर २१ भदौं ०७० देखि सडक निर्माण सुरु भएको थियो।